जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
२०८१ वैशाख ७ गते ८:४९
कावासोती । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको तौथलीमा जन्ती बोकेको बस आज बिहान करिब ७ः ३० बजेतिर दुर्घटना भएको हो। प्रमुख जिल्ला......
एउटा पुल र पहिरोले अल्झाएको कालीगण्डकी करिडोरको यात्रा
२०८१ वैशाख ७ गते ७:५६
बोमलाल गिरी, नवलपुर । नवलपुरको गैँडाकोट कालिगण्डकी चोकबाट सुरु भएर पाल्पाको पिपलडाँडासम्म झण्डै १३२ किलोमिटर कालिगण्डकी करिडोरको झण्डै ९५ प्रतिशत काम सम्पन्न भएर कालोपत्रे भएइसकेको छ । पीपलडाँडाबाट राम्दीपुल ३ किलोमिटर, स्याङजाको गल्याङ साढे १७ किलोमिटर, पाल्पा तानसेन बजार २८ किलोमिटर, बुटबल ६२ किलोमिटर र पोखरा ९५ किलोमिटर दुरीमा......
एसीसी प्रिमियर कप : फाईनल प्रवेशका लागि नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै
२०८१ वैशाख ७ गते ७:०४
कावासोती । एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै छ । ओमानमा जारी प्रतियोगितामा नेपाल र यूएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल आजै अपराह्न ४ः१६ बजे हुने तय भएको छ । सेमिफाइनलमा पराजित......