No ads found for this position

साग : नेपालको स्वर्ण संख्या २३ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १७:३१
No ads found for this position
साग : नेपालको स्वर्ण संख्या २३ पुग्यो
No ads found for this position

नेपालमा जारि १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत नेपालले हालसम्म २३ वटा स्वर्ण पदक जितेको छ। सोमबार १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार ८ वटा स्वर्ण पदक थप गरेको हो। नेपालले आज करातेमा २ वटा, उसुमा २ वटा, तेक्वान्दोमा २ म्याराथुनमा एउटा, दुवाथलनमा एउटा स्वर्ण थपेको हो।

हालसम्म करातेबाट नेपालले ९ वटा, तेक्वान्दोबाट ८ वटा, उसुबाट २ वटा, ट्रायथलनबाट एउटा, एथलेटिक्सबाट एउटा र दुवाथलनमा एउटा स्वर्ण पदक जितेको छ।

कुन खेलाडीले कुन कुन खेलमा जिते पदक 

वीरबहादुर महरा 

पुरुष ६८ केजी तौल समुहमा वीरबहादुर महराले स्वर्ण जितेका हुन्। फाइनलमा उनले पाकिस्तानी खेलाडीलाई ४१–३६ ले पराजित गरे।

सुनिता महर्जन ( कराते ) 

बंगलादेशकी कुल्म्सोमलाई ८-२ ले पराजित गर्दै सुनिता महर्लेजन स्वर्ण जितिन्।

नबिन रसाइली ( कराते ) 

६७ केजी तौल समुहमा नबिन रसाइलीले स्वर्ण जितेका हुन्। उनले पाकिस्तानका अहमद नासिसआई ८-६ ले पराजित गरे।

Santoshi Shrestha

काजल श्रेष्ठ ( तेक्वान्दो ) 

स्वर्ण जित्ने क्रममा काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०-१४ ले पराजित गरिन्। उनले ४६ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी थिईन्।

सन्तोषी श्रेष्ठ ( एथलेटिक्स ) 

सन्तोषी श्रेष्ठ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो महिला धाविका बनेकी छिन्। १० हजार मिटर दौडमा उनले भारतकी कविता यादवलाई मात्र १ मिनीसेकेन्डले पछि पारिन्। उनले ३० मिनेट ७ डेकेन्द र ९४ मिनीसेकेन्डमा दौड पुरा गरिन्।

विजय सिंजाली ( उसु ) 

विजयले उसुको थाउलोमा स्वर्ण जित्ने क्रममा ९.४८ अंक ल्याए। उनले बंगलादेशका मोहम्मद ओमार ( ९.३४ ) लाइ पछि पारे।

Bijay Sinjali

सुस्मिता तामांग ( उसु ) 

उसुको थाउलोमा स्वर्ण जित्ने क्रममा सुस्मिताले ९.४४ अंक प्राप्त गरिन्। उनले श्रीलंका र बंगलादेशलाई पछि पारिन्।

हिमाल टमाटा ( दुवाथलन )

पोखरामा सम्पन्न प्रतिस्पर्धामा स्वर्ण जित्ने क्रममा उनले ५७.३३ सेकेन्ड समय लगाए। पुरुषतर्फको स्प्रिन्ट बिधा अन्तरगतको दुआथलनमा नेपाललाई स्वर्ण दिलाएका हुन्।

Himal Tamata
Himal Tamata

सिना मादेन लिम्बी ( तेक्वान्दो ) 

तेक्वान्दोको पुम्से विधामा नेपालकि सिना मादेन लिम्बुले स्वर्ण पदक जित्दै स्वर्ण संख्या पांच पुर्याएकी हुन्। उनले १८ देखि २३ वर्षको प्रतिस्पर्धामा सफलता हात पारेकी हुन्।

कमल श्रेष्ठ ( तेक्वान्दो ) 

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाए।

सोनीका गुरुङ ( ट्रायथोलन ) 

पोखरामा विहान सम्पन्न खेलको ईलाईट स्प्रीन्टमा उनले स्वर्ण जितेकी थिईन्। ट्रायथोलनको क्रममा पौडीमा तेश्रो, साइक्लिंगमा दोश्रो स्थान हाँसिल गर्दा अन्तिमको दौडमा सोनीले पहिलो स्थान हात पारेकी थिईन्। यो विधामा रजत र कास्य पदक भने भारतले जित्यो।

मन्डेकाजि श्रेष्ठ ( कराते ) 

मन्डेकाजि श्रेष्ठले करातेमा स्वर्ण जित्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले व्यक्तिगत पुरुष एकल कातामा स्वर्ण दिलाएका थिए। यसक्रममा उनले पाकिस्तानका नियमातुल्लाहलाई पराजित गरेका थिए।

मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांग ( कराते ) 

यस्तै नेपालले कराते पुरुष कातामा पनि स्वर्ण जितेको छ। मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांगको टिमले स्वर्ण दिलाएका हुन्।

लक्ष्मण तामांग ( कराते ) 

करातेकै पुरुष कुमुते विधामा नेपालका लक्ष्मण तामांगले स्वर्ण दिलाएका छन्। उनले ५५ केजी तौल समुहमा स्वर्ण जित्ने क्रममा बंगलादेश खेलाडी मस्तोफालाई १-० ले पराजित गरे।

निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्ल ( कराते ) 

करातेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो। निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले २४.८८ स्कोर सहित सफलता हाँसिल गरेको थियो। नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गर्यो।

पार्वती गुरुङ ( तेक्वान्दो ) 

तेक्वान्दोको पुम्से महिला विधामा २३ देखि २९ वर्षको विधामा पार्वती गुरुङले स्वर्ण जितेकी हुन्। उनले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी ८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन्।

आयशा शाक्य ( तेक्वान्दो ) 

३० वर्ष माथिको उमेर समुहमा प्रतिस्पर्धा गर्दै स्वर्ण जित्ने क्रममा उनले फाइनलमा भारतीय खेलाडीलाई पछि पारिन्।

आयशा शाक्य र सन्जिबकुमार ओझा ( तेक्वान्दो ) 

तेक्वान्दो पुम्से जोडी विधामा स्वर्ण जित्ने क्रममा आयशा र सन्जिबले ८.१६० स्कोर गरेका थिए।

अनु अधिकारी ( कराते ) 

अनुले करातेको कुमुते विधा अन्तर्गत ५० केजी मुनि तौल समुहमा स्वर्ण जितेकी हुन्। फाइनलमा श्रीलंकाकी डन पौलुलाई ८-० ले पराजित गरिन्।

विप्लबलाल श्रेष्ठ ( कराते ) 

विप्लबलाल श्रेष्ठले करातेको ८५ केजी तौलसमुहमा स्वर्ण पदक जिते। उनले पाकिस्तानी खेलाडी मोहम्मद बाजलाई ६-५ ले पराजित गरे।

कुसुम खड्का ( कराते ) 

कुसुमले करातेको ४५ केजी मुनि तौल समुहमा स्वर्ण जितिन्। उनले बंगलादेशकि खेलाडी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितिन्।

तेक्वान्दो स्वर्ण विजेताहरु

निशा दर्नाल, स्वस्तिमा दर्नाल र संजिला तिमिल्सिना  ( तेक्वान्दो ) 

तेक्वान्दोको टिम पेम्से विधामा निशा दर्नाल , स्वस्तिमा तामांग र संजिला तिमिल्सिनाले स्वर्ण पदक जितेका हुन्। १७ देखि २३ वर्ष उमेर समुहमा उनीहरुले स्वर्ण जितेका हुन्। यसक्रममा उनीहरुले भारतलाई पछि पारे।

निता गुरुङ, प्रशंशा क्षेत्री र सुशिला राई ( तेक्वान्दो ) 

२३ देखि २९ वर्ष उमेर समुहमा निता गुरुङ, प्रशंशा क्षेत्री र सुशिला राईले स्वर्ण जितेका हुन्। ७.९२ अंक प्राप्त गर्दै नेपालले जित्ने क्रममा श्रीलंका ( ७.८१० ) लाई पछि पार्यो।

प्रकाशित : २०७६ मंसिर १७ गते १७:३१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI