नारायणगढ मुग्लिङ सडक खण्ड दुई साता बन्द रहने

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २५ गते १४:०६
नारायणगढ मुग्लिङ सडक खण्ड दुई साता बन्द रहने

चितवन, मंसिर २५

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आगामी शुक्रबारदेखि दुई साता बन्द हुने भएको छ ।

यही मंसिर २७ गते शुक्रबार देखि दुई साताका लागि सवारी साधन संचालनमा रोक लगार्ईएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (बुधबार) बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो ।    मर्मत सम्भारको लागी सडक रोकिएको बुझिएको छ ।

प्रकाशित : २०७६ मंसिर २५ गते १४:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI