दिव्य ज्योति क्याम्पस संचालक समितिमा अधिकारी को प्यानल विजयी
NAWALPUR TIMES प्रकाशित : २०७६ असोज १६ गते २१:२८
No ads found for this position
No ads found for this position
चिसापानीको दिब्य ज्योति बहुमुखि क्याम्पस संचालक समितिको नयां नेतृत्वमा अधिकारीको पुरै प्यानल बिजय
१६ आश्विन २०७६, बिहीबार ० बिचार / प्रतिक्रियाShareTweet0SHARES
रामु भुसाल-पश्चिम नवलपरासी बर्दघाट–२, चिसापानी अवस्थित दिब्य ज्योति बहुमुखि क्याम्पस नयां नेतृत्वका लागि बिहिबार भएको निर्वाचनमा भएको मतदानबाट बृहस्पती अधिकारीको अध्यक्ष्तामा पुरै प्यानल बिजय भएको छ । निर्वाचनमा सत्तारुढ नेकपा र नेपाली काँग्रेसको सर्मथनमा समाजवादी पार्टी सहितको संयुक्त प्यानल भिडेका थिए । बिहिबार विहानै देखि निर्वाचन प्रकृया सुरु भएको थियो। कुल ४६१ मतदाता रहेको क्याम्पसमा ३५५ मत खसेको थियो । संचालक समितिको छैठौ क्याम्पस सभा निर्वाचनमा नेकपाले प्रदेश सदस्य बृहस्पति अधिकारीको नेतृत्वमा प्यानल खडा गरेको थियो । अधिकारीको नेतृत्वमा शिवलाल कंडेल, टिकाराम शर्मा आचार्य, पुण्य प्रसाद पौडेल, मिनराज शर्मा, धनञ्जय पौडेल,रमेश बस्याल, देवि पाण्डे, धनीराम चौधरी र विष्णु मौरथी रहेका थिए भने । नेपाली काँग्रेसले समाजवादी पार्टीका युवा नेता यमबहादुर थापाको नेतृत्वमा उम्मेदवारी दिएका थिए । थापाको प्यानलमा जानकी पौडेल, दिलकुमारी कुंवर, रविन्द्र सापकोटा, पशुपति न्यौपाने, लालनाथ घिमिरे, इन्द्र ढकाल, ऋषिराम थापा मगर र
हिमा कामी रहेका थिए । निर्वाचनमा बृहस्पति अधिकारीले २०८ मत ल्याई प्यानल सहित बिजय प्रप्त गरेका छन भने सयुक्त प्यानलका उम्मेदवार यम बाहादुर थापा मगरले १३० मत ल्यई ७८ मतले पछि परेको मुख्य निर्वाचन अधिकृत मित्रलाल लामिछानेले बताउनु भयो । निर्वाचनकालागि यस अघि क्याम्पस सभाले मुख्य निर्वाचन अधिकृत मित्रलाल लामिछाने र निर्वाचन अधिकृत दिपक बहादुर खड्का र चन्द्रप्रकाश ज्ञवालीलाई खटाएको थियो । निर्वाचन सोहार्द पुर्ण वातावरणमा सम्पन भएको मुख्य निर्वाचन अधिकृत मित्रलाल लामिछानले जानकारी दिनुभयो । निर्वाचनको नतिजा पश्चात बिजेता अध्यक्ष्य सहित टिमलाई अध्यक्ष्यका अर्का उमेदवार यम बाहादुर थापा मगरले सफल कार्यकालको शुभकामना दिदै बधाई ज्ञापन गर्नु भएको थियो भने सम्पुण आफुलाई मतदान गर्नुहुने र सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गनुभएको थियो । क्याम्पसको नियमानुसार अध्यक्ष सहित १० जना निर्वाचनबाट ११ जना मनोनित र ८ जना पदेन गरी बढ
Facebook Comment