No ads found for this position

प्रथम मध्यविन्दु कपमा पहिलो चरणका खेलहरु सकिए: दोस्रो चरण दशैपछि सुरु हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ असोज १७ गते १९:००
No ads found for this position
No ads found for this position

गङ्गा बिश्वकर्मा । असोज, १७, नवलपुर ।
बिमल तामागंको २ गोल मद्धतमा रामपुर रोड्स क्लब चितबनले चोरमारामा जारी प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । आज भएको पहिलो चरण्(को अन्तीम खेलमा आयोजक चोरमारा बि लाई तिन शुन्यले पराजीत गर्दै रामपुर रोड्सले बिजयी सुरुवात गरेको हो । खेल सुरु भएको पहिलो मिनेटमै रामपुर रोड्सका तमागंले गोल गर्दे टिमलाई अग्रता दिलाए । लगत्तै चौथो मिनेटमा तामागंले नै गोल गर्दै टिमको अग्रता दोव्वर पारे । पहिलो हाफमा दुइ शुन्यले अग्रता लिएको रामपुर रोड्सले दोस्रो हाफमा पुन एक गोल गर्यो । दोस्रो हाफको पाचौ मिनटेमा अनिल रानाले गोल गर्दै टिमलाई ३ शुन्यको जित दिलाए । आजको खेलको म्यान अफ दि म्याच दुइ गोल गरेको तामाग भए । प्रतियोगिता अन्र्तगत दोस्रो चरणका खेलहरु असोज २३ गतेदेखी संचालन गरिने आयोजक रंगशाला खेलमैदान स्तरोन्नतीका अध्यक्ष श्याम पौडेलले जानकारी दिनुभयो । असोज २३ गते दोस्रो चरणको पहिलो खेलमा आयोजक चोरमारा ए र भैरब स्पोर्टस क्लब गोपिजंग बिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधी बिजेताले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ । त्यसैगरि सेमि फाइनलबाट बाहिरीने दुइ टिमका लागि १५÷१५ हजार, बेष्ट प्लेयरलाई १० हजार र सर्वा्िधक गोलकर्तालाई ७ हजार नगद पुरस्कार दिइने आर्थीक संयोजक भिम हमालले बताउनुभयो । प्रतियोगिताको आधिकारीक मिडीया सामुदायिक रेडीयो दर्पण एफ एम ९९.२ मेगाहर्ज रहेको छ

प्रकाशित : २०७६ असोज १७ गते १९:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI