कावासोती १८ असोज
नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जिल्लालाई नमूना जिल्ला बनाउन संचार माध्यम को भुमिका महत्वपूर्ण रहने बताउनु भएको छ । नवलपुर बाट प्रकासित हुने एक मात्र राष्ट्रिय दैनिक हुलाकीपत्र को तेस्रो वार्षिकोत्सब समारोहमा बोल्दै प्रजिअ कार्कीले सो कुरा बताउनु भएको हो साथै कार्यक्रममा बोल्दै कार्कीले सञ्चारसंस्थाले सत्य र तथ्यमा आधारित खवरहरु मार्फत जनतालाई सुसुचित गराउनुपर्ने बताउनुभएको छ ।
हात हातमा हुलाकी घर घरमा सन्देस को नारा सहित २०७४ असोज देखि नवलपुर को कावासोती बाट प्रकासित हुँदै आएको हुलाकी पत्र दैनिक आज बाट तेस्रो वर्षमा प्रवेश गरेको छ । बेस्ट मिडिया प्राली एवं हुलाकी पत्रका दैनिकका अध्यक्ष नवीन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्मा, नेपाल पत्रकार महासंघ नवलपुर अध्यक्ष होमराज रानाभाट, प्रेस संगठन का केन्द्रीय सदस्य बिद्रोही गिरी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय महासचिव रामकुमार श्रेष्ठ, प्रेस युनियन नवलपुरका जिल्ला अध्यक्ष बिरेन्द्र पराजुली, डब्लुडब्लुजे नवलपुरकी अध्यक्ष धनु भुसाल, पत्रकार घनश्याम बगाले लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
प्रकाशित : २०७६ असोज १८ गते १८:४६
No ads found for this position
Facebook Comment