नेपाली कांग्रेस नवलपुरको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ असोज २६ गते १६:३०

असोज २६,

नेपाली कङग्रेस जिल्ला कार्य समिति नवलपुरले दिपावली छठ ,नेपाल सम्वत ,ल्होसार क्रिसमस ,माघी लगायत नेपाली चाडहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आईतबार सम्पन्न गरेको छ ।

नेपाली कङग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेको अध्यक्षतामा भव्य समारोहका विच चियापान कार्यक्रम आयोजना गरेको थियो । आयोजित चियापान कार्यक्रममा काग्रेस आगामि दिनमा सुधार गर्नुपर्ने कुराहरुलाई मुख्य प्राथमिकतामा राखेर पार्टिका नेता तथा कार्यकर्ताहरुले पार्टिलाई सुझाव संगै शुभकामना समेत प्रदान गरेका थिए ।

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्ने अधिकाशंले नेपाली कङग्रेस पार्टीगत रुपमा एक ढिक्का भएर समानुपातिक ढङगबाट अगााडि बढ्नुपर्ने जोड दिएका थिए । यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका नेकपा प्रदेश सासंद रोशन गाहाले विकासकाको काममा राजनीति भन्दा पनि आपसि मेल मिलाप हुन आवस्यक रहेको कुरामा जोड दिए । सासंद गाहाले नवलपुरको विकासमा सबै दलहरु मलिेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सासंद कृष्ण चन्द्र नोपलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सासंद नेपालले अब काग्रेस आफ्नो स्थानबाट सक्रिय रुपमा उभिएको बताउदै केहि वर्षमा नेपाली काग्रेस बलियो पार्टि बनेर छाड्ने बताए ।

उनले गुट र उपगुटले पार्टि भित्र एक खालको संकोच ल्याएको कारण पनि अहिले पार्टि नकारात्क असर बोकेको बताए । कार्यक्रममा जिल्ला भरिका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ असोज २६ गते १६:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI