No ads found for this position

ओपो ए- सिरिज २०२० सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७६ कार्तिक ३ गते १०:५१
No ads found for this position
No ads found for this position

काठमाडौँ — स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गीय स्मार्टफोन हो । उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजनका साथै, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज ल्याइएको छ । 

ओपो एनाइन २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा छ । एनाइन २०२०मा रहेको ४८एमपी प्रमुख लेन्सले उच्च रिजोलुसनका साथमा तस्विरको स्पष्टतामा सुधार दिँदै विस्तृत र गुणस्तरीय तस्बिर लिन सघाउँछ ।
एनाइन २०२०मा १६ एमपी सेल्फी क्योमरा छ र एफाइभ २०२० मा ८ एमपी सेल्फी क्यामेरा छ। १९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजार एमएएच क्षमताको ब्याट्री फोनमा उपलब्ध छ । यसमा रहेको ब्याट्रीले रिभर्स चार्जिङ समेत सपोर्ट गर्छ ।
ओपो ए सिरिज २०२०मा शक्तिशाली कार्यक्षमताका लागि ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ । स्न्यापड्रागन ४५० प्रयोग गरिएको पछिल्लो एसेवेनका तुलनामा एनाइन २०२०को सीपीयूमा ४० प्रतिशत सुदृढ छ भने यसको जीपीयूमा १०० प्रतिशत सुधार गरिएको छ ।
८ जीबी र्‍याम र १ सय २८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंग उपलब्ध छ । । यसको बजार मूल्य ३५ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।
२७ हजार ९ सय ९० रुपैयाँमा ४ जीबी र्‍याम र १ सय २८ जीबी रोम सहितको ओपो एफाइभ २०२० सेट किन्न सकिने छ ।

प्रकाशित : २०७६ कार्तिक ३ गते १०:५१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI