No ads found for this position

काङ्ग्रेसलाई नयाँ जीवन दिन देउवाले विश्रामै लिनै पर्छ : महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७६ कार्तिक ४ गते १७:१०
No ads found for this position
No ads found for this position

मिना कंडेल
कार्तिक ४ नवलपुर। 
कांग्रेसका महामन्त्री तथा संघीय सासंद डा कोइरालाले कांग्रेस र कम्युनिष्ट मिलेर ल्याएको संबिधान सबैले मिलेर संरक्षण गर्नु पर्नेमा जोड दिनुभएको छ । दुबै शक्ति जिम्मेवार बनेर संबिधानको पुर्णपालन गरेर अघि बढेमा लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेमा कोइरालाले जोड दिनुभएको छ ।

नेपाली काग्रेस गैंडाकोट वडा नं ९ ले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका महामन्त्री डा. शसाकं कोइरालाले सो कुरा बताउनुभएको हो । तेर्हौ महाधिबेशनमा पार्टी सभापति शेरबहादुर देउवा निर्बाचित भए पनि पार्टीले खासै उपलब्धि हासील गर्न नसकेकाले अब चौंधौं महाधिबेशनबाट पार्टीमा आमुल परिबर्तन हुने डा.कोइरालाले बताउनुभयो । यस्तै उँहाले पार्टीमा अब शेरबहादुर देउवाले बिश्राम लिएर मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काग्रेस एक ढिक्का भएर अघि बढनु पर्ने र पार्टी नेतृत्व अबको महाधिबेशनले परिबर्तन हुने पनि डा. कोइरालाले स्पष्ट पार्नुभएको छ।

चौंधौं महाधिबेशनले पार्टीमा आमुल परिबर्तन हुने र सभापतिमा नयाँ ब्यक्ति आउने भएकाले पनि अब सभापति शेरबहादुर देउवाले सभापति छोडेर सम्मानित भएर बस्नु पर्ने पनि प्रष्ट पार्नुभएको छ । उहाँले अब काग्रेसलाई नयाँ जीबन दिनु आबश्यक छ त्यसकारण पनि नयाँ र क्षमतावान ब्यक्ति बाट पार्टी चल्नु पर्छ भन्ने आफनो मान्यता रहेकोमा कोइरालाले स्पष्ट पार्नुभएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद गगन कुमार थापाले बर्तमान सरकारले बाटो बिगारेका कारण अब संसद र सडकबाट कडा आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको छ । थापाले मुलुक बनाउने हो भने कसैले पनि रबैया देखाउन नहुने र रबैया देखाउनेहरु नै परास्त हुने भएकाले काग्रेस जिम्मेवार र शालिन ढंगले संगठन निर्माणमा अघि बढिरहेको बताउनु भयो ।

सभापति उमा पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली, प्रदेश सांसद तथा जिल्ला सभापति बिष्णु लामिछाने,चितवन पार्टी सभापति जीत नारायण श्रेष्ठ,संघीय सांसद सत्यनारायण खनाल संबिधानसभा सदस्य महेन्द्र ध्वज जीसी लगायतले काग्रेसमा गुट र उपगुटको अन्तय पहिलो आबश्यकता रहेकोमा जोड दिदैं पार्टी कार्यकर्ताहरु समेत सचेत हुनु पर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित : २०७६ कार्तिक ४ गते १७:१०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI