No ads found for this position

युवतीलाई कुकुरबाट बलात्कार नगराइएको सेनाको प्रतिक्रिया, समाचारप्रति गम्भीर ध्यानाकर्षण

NAWALPUR TIMES
प्रकाशित : २०७६ कार्तिक ७ गते १६:४७
No ads found for this position
No ads found for this position

काठमाडौं-नेपाली सेनाले ‘द्धन्द्वकालमा यौन हिंसा पीडित युवतीको बयानः कुकुरबाट बलात्कार गराईयो’ भन्ने समाचारप्रति गम्भीर ध्याकर्षण भएको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी सो समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको हो । उक्त समाचार बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सेनाले उक्त समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी परेको नदेखिएको समेत दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित घटनाको सम्बन्धमा तत्कालिन अवस्थामा विविध कारणहरुबाट पीडितले नेपाली सेनाको कुनै पनि निकायमा उजुरी गर्न नसक्ने अवस्थाको अनुभुति गरेको भएमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानव अधिकारसंग सम्बन्धित संघ संस्थाहरु लगायत मिडियाकर्मीहरुमार्फत उजुर गर्न सक्ने अवस्था बिद्यमान रहेको भएतापनि सो को उपयोग नगरी करीब दुई दशक पश्चातमात्र सो घटना सार्वजनिक गरिएबाट नेपाली सेना जस्तो राष्ट्रकै संवेदनशील संस्थाप्रति लक्षित रहि गलत नियतबश सुनियोजित रुपमा समाचार सम्प्रेषण भएको आशंका गर्न सकिने अवस्थालाई नर्कान सकिन्न ।’  यद्यपी विज्ञप्तिमा घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाको पूर्ण सहयोग रहने दाबी समेत गरिएको छ 

विज्ञप्तिमा नेपाली सेनामा उपलब्ध भएका कुकुरहरुलाई समाचारमा सम्प्रेषण भए बमोजिमको कार्यको लागि तालिम दिने नीति र क्षमता नरहनुका साथै त्यस प्रकारका अपराधजन्य कार्य गर्ने कुनै औचित्य समेत नरहेको व्यहोरा स्मरण गराइएको छ । यस किसिमका समाचारले नेपाली सेनाको छविमा आँच पुर्‍याउन सक्ने तथा आमजनमानसमा सेनाप्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने देखिएकोले उक्त समाचारप्रति नेपाली सेना ज्यादै नै संवेदनशील रहेको व्यहोरा समेत अवगत विज्ञप्तिमा अवगत गराइएको छ ।

विज्ञप्तिमा बिगतको द्धन्द्वका घटनाहरु सम्बन्धमा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सहयोग गर्न  प्रधानसेनापतिबाट पटक पटक प्रतिबद्धता ब्यक्त भईरहेको स्मरण गराउदैं उल्लेखित घटनाको सम्बन्धमा पीडितलाई निर्धक्कसँग उजुरी दिन आब्हान गर्दै प्राप्त उजुरी उपर यथोचित छानविन गरी सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न नेपाली सेना प्रतिबद्ध रहेको समेत जनाइएको छ ।

प्रकाशित : २०७६ कार्तिक ७ गते १६:४७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI