No ads found for this position

पृथ्वीचन्द्र अस्पतालमा एपेन्डिक्स को अपरेसन सेवा सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ कार्तिक ७ गते १६:५४
No ads found for this position
No ads found for this position

नवलपरासी,६ कार्तिक

निरन्तर विरामीका लागि सेवा थपिदै आएको जिल्लाको पृथ्वीचन्द अस्पतालमा अब देखी एपेन्डिस्कको शल्य क्रिया(अप्रेसन) गर्ने कार्य प्रारम्भ भएको छ । विगतमा यस्ता विरामीलाई बुटवल र भैरहवा रिफर गरिदै आएको तर अब देखी पृथ्वीचन्द अस्पतालमै शल्यक्रिया गर्ने कार्य प्रारम्भ भएको अस्पतालले जनाएको हो ।
स्त्री प्रसुती विभागमा सि.एस,पाठेघरको अप्रेसन,बाझोपन उपचारसंगै अहिले अस्पतालमा नाक कान घांटी,हाड तथा नसा रोग,मानसिक रोग लगायतका विशेषज्ञ सेवा दिदै ५० सैयाको उपचार सेवा दिदै आएको अस्पतालमा अब देखी एपेन्डिस्कको सहजै अप्रेसन गरिने सेवा शुरु भएको अस्पतालका निमित प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.नुरुल होदाले जानकारी गराए । रामग्राम ८ बैकुण्ठापुरकी अपाँगता भएकी २२ बर्षिय देवकी गुप्तालाई एपेन्डिस्क भएको देखिए पछि उनको उपचार डा.होदा र डा.पवन अग्रहरीको चिकित्सक टोलीले शल्य क्रिया सफल गरेको छ । 
गुप्तालाई अहिले बेड रेष्टमा अस्पतालमै राखिएको छ । एक्कासी पेट दुख्न थाले पछि आफु अस्पतालमा आएको र भिडियो एक्सरे गरिए पछि एपेन्सिक्स भएको देखियो । अप्रेसन गर्नु पर्छ भने पछि अप्रेसन गराउन कहाँ जाने भने,तनाव भएको विरामी गुप्ताले बताईन् । तर यस्को अप्रेसन गराउन अब बाहिर जान पर्दैन्,डाक्टर भने पछि राहत महशुस गरेको उनले जनाईन् । एक छिनमा अप्रेसन भयो, उनले प्रतिकृया दिईन, अहिले औषधी खदैछु, राहत महशुस भएको छ । अस्पतालमा दक्ष चिकित्सकको संख्या दिनानु दिन थपिदै गएको निमित प्रमेसु होदाले भने, अब अप्रेसनका थप उपकरणहरु जोड्ने क्रममा रहेको छ । हाड जोर्नी तथा नाक कान घाटीका लागि पनि अप्रेसन लगायत मेजर ओटीहरु केही महिना भित्रै सञ्चालनमा आउने आश्वासन डा.होदाले गराए । यो सेवा पनि अस्पतालका लागि नयाँ हो उनले थपे । अस्पतालमा अहिले दैनिक २ सय भन्दा बढि विरामीले उपचार सेवा लिदै आएका छन् 

प्रकाशित : २०७६ कार्तिक ७ गते १६:५४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI