नेपालीको पहिचान हिन्दुराष्ट्र : पशुपती शमसेर जबरा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २ गते ७:३६
नेपालीको पहिचान हिन्दुराष्ट्र : पशुपती शमसेर जबरा

बिरेन्द्र पराजुली

नवलपुर, २ मङ्सिर २०७६
राप्रपा संयुक्तका अध्यक्ष पशुपती शमसेेर जबराले नेपालीको पहिचान हिन्दुराष्ट्र भएको र सबै नेपालीले गर्व गर्नको लागी हिन्दुराष्ट्रनै आवश्यक रहेको बताएका छन । रा प्र पा संयुक्तको जानकी-बुद्ध रथयात्राको क्रममा नवलपुरको कावासोतिमा आयोजित काेणसभालाई सम्बोधन गर्दै नेता जबराले सो कुरा बताएका हुन। जबराले काङ्ग्रेस कम्युनिस्ट ले संविधान मा जबर्जस्ति धर्मनिरपक्षता लादेर जनतालाइ धोका दिएको आरोप लगाएका छन। जबराले देश विदेशमा समेत पहिचान बनाएको हिन्दु धर्म संविधानमा नराखे सम्म रा प्र पा सयुक्त चुप लागेर नबस्ने चेतावनी दिएका छन । जनकपुर बाट सुरु भएको रथ यात्रा लुम्बिनी सम्म पुगेर भगवान गौतम बुद्ध सङ्ग आशीर्वाद लिने जबराले बताएका छन। अहिले आफ्नो पार्टी हिन्दु राष्ट्रको नारा लिएर अगाडि बढेको र आफुहरुलाई हजारौं काङ्ग्रेस कम्युनिस्ट का कार्यकर्ता को साथ र सहयोग रहेको जबराले बताए । कार्यक्रममा रा प्र पाका नेता बिक्रम पाण्डेले अबको आन्दोलन कस्तो रहने भन्ने लुम्बिनी पुगेर निचोड मा पुग्ने बताएका छन। काेण सभा कार्यक्रम रा प्र पा सयुक्तका नवलपुर जिल्ला अध्यक्ष दाताराम पान्डेको अध्यक्षतामा सम्पन्न भयको थियो ।

प्रकाशित : २०७६ मंसिर २ गते ७:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI