जनता मा.वि मंगलचौरमा ३९ सदस्यीय नेविसंघ ईकाई गठन

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २ गते १३:४२
जनता मा.वि मंगलचौरमा ३९ सदस्यीय नेविसंघ ईकाई गठन

मध्यविन्दु, २ मङ्सिर
जनता माध्यमिक विधालय मंगलचौर अरुणखोलामा नेपाल विधार्थी संघको ३९ सदस्यीय ईकाई समिति गठन भएको छ । नेविसंघ पालिका समन्वय समिती मध्यविन्दु नगरपालिकाका संयोजक जितु खडकाको संयोजक्त्व एवं नेविसंघ पुर्व केन्द्रिय सदस्य रामचन्द्र भट्टराई आर सि को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले योजन दराईको अध्यक्षतामा ३९ सदस्यीय ईकाई समिती सर्वसम्मतले चयन गरेको छ । यसै गरि समितीको उपाध्यक्षहरुमा गणेश अधिकारी र प्रवास शाही, सचिवमा विनिता शिवभक्ती, सहसचिवहरुमा निशा महतो र किरण गुरुङ चयन गरिएको संयोजक खडकाले जानकारी दिए । नेविसंघ पुर्व केन्द्रिय सदस्य रामचन्द्र भट्टराई आरसी , नेविसंघ नवलपुरका सचिव सुशील काफ्ले, नेविसंघ पालिका समन्व्य समिती कावासोतीका सभापति कृष्ण कंडेल , हुप्सेकोट सभापति हुमन पाण्डे लगाएतका विधार्थी नेताहरुको उपस्थितमा सम्पन्न कार्यक्रमको सहजीकरण नेविसंघ पालिका समन्वय समिती मध्यविन्दुकी सह संयोजक सृजना कंडेलले गर्नु भएको थियो ।


यति बेला नेविसंघ नवलपुर संगठन बिस्तारको अभियानमा जिल्ला भरी नै सकृय रहेको छ । नेविसंघ नवलपुर आफ्नो मातहतका पालिका समन्वय समितीहरुको आयोजनामा ईकाई गठन एवं संगठन बिस्तारमा लागेको छ ।हुप्सेकोट गाउपालिकामा संगठन बिस्तार अभियानको पहिलो चरण सकिएको र अन्य पालिकाहरुमा अधिकांश मा.बिहरुमा सकिएको नेविसंघ नवलपुरका सचिव सुशील काफ्ले ले बताए ।

प्रकाशित : २०७६ मंसिर २ गते १३:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI