सधैका लागि जेरी नखाने गौतम गम्भीरको प्रण

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २ गते १७:१०
सधैका लागि जेरी नखाने गौतम गम्भीरको प्रण

काठमाडौं । भारतीय जनता पार्टी भाजपाका सांसद एवं पूर्व क्रिकेटर गौतम गम्भीरले आफूले जेरी नखाएर दिल्लीको प्रदूषण कम हुन्छ भने आफूले सधैका लागि जेरी नखाने प्रण गरेका छन् । 

गत नोभेम्बर १५ का लागि वायु प्रदूषणको मुद्दा समाधान गर्न बोलाइएको बैठकमा उपस्थित नभएपछि एकाएक दिल्लीका गल्लीगल्लीमा बेपत्ता भनी ट्रोल भएका गम्भीरलाई जेरी खाएको देखाइएको थियो । 

उनी उक्त बैठकमा सहभागी नभएर भारत–बंगलादेशबीचको टेष्ट क्रिकेटको कमेन्ट्री गरिरहेका थिए । त्यतिबेला उनले भीभीएस लक्ष्मण र जतिन सप्रुसंग इन्दोरमा जेरी खाएका थिए । 

उक्त तस्वीर ट्रोल भएको थियो । उक्त ट्रोलप्रति केही कडा देखिएका गम्भीरले सोमबार पाँच वर्षमा आम आदमी पार्टीले दिल्लीमा प्रदूषणबारे गर्न नसकेको काम आफूले पाँच महिनामा गरेको दावी गरेका थिए । 

भारतीय मिडियाले जेरीको प्रसंग उठाएसंगै उनले यदि आफूले जेरी खाएर दिल्लीको प्रदूषण कम हुन्छ भने सधैका लागि जेरी नखाने प्रण समेत गरे । 

उनले दिल्लीको प्रदूषण कम गर्न आफू निकै लागिपरेको समेत बताए । उनले आफ्नी ५ र साढे २ वर्षकी छोरी रहेको र सम्पूर्ण दिल्लीवासीको स्वास्थ्यका लागि गम्भीर भएर लागेको पनि बताए ।

प्रकाशित : २०७६ मंसिर २ गते १७:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI