मन्त्रिमण्डल पुनर्गठन, ओली – दाहाल असहमति

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ३ गते २:१७
मन्त्रिमण्डल पुनर्गठन, ओली – दाहाल असहमति

३ मसिंर, काठमाडौँ । प्रधानमन्त्री केपी ओली र नकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र र एमालेबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ ।

मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि मंगलबार दुई शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ ।

सोमबार नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा जानकारी गराउन शीतल निवास जाने तयारी थियो । तर अध्यक्षद्वयबीच सहमति नभएपछि राष्ट्रपतिसँग भेट गर्न जाने कार्यक्रम रद्द भएको थियो ।

‘ सहमति नजुट्नुको कारण निकटस्थ र आफन्तको संरक्षण कसरी भन्ने नै हो,’ स्रोतले भन्यो । मंगलबारको अन्नपूर्ण पोस्टबाट

प्रकाशित : २०७६ मंसिर ३ गते २:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI