No ads found for this position

पाँच वर्षे बालकले स्कूलमा लागुऔषध लगे, बुवा पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ३ गते ४:०१
No ads found for this position
पाँच वर्षे बालकले स्कूलमा लागुऔषध लगे, बुवा पक्राउ
No ads found for this position

पाँच वर्षे बालकले किन्डरगार्टेनमा कोकिन लगेको र यसले आफूलाई स्पाइडर म्यान भएजस्तो महसुस गराउने बताएपछि  बालकका बुवालाई पुलिसले पक्राउ गरेको छ ।

ती बालकले अमेरिकाको म्यासाचुसेट्समा रहेको लरेन्स एलिमेन्ट्री स्कूलमा गत बिहिबार कोकिनको सानो प्याकेट लगेको लेफ्टिनेन्ट जिम अल्बर्टले जानकारी दिए ।

अल्बर्टले भने, ‘ती बालकले कोकिन देखाउँदै मुखमा त्यो हाल्नेबित्तिकै आफूलाई स्पाइडर म्यान भएको महसुस गराउने बताएका थिए ।’

कोकिनको उक्त सानो प्याकेटमा स्पाइडर म्यानको चित्र पनि टाँसिएको थियो । ती शिक्षकले यसबारे स्कूलका प्रधानाध्यापकलाई यसबारे जानकारी दिएपछि उनले तत्काल प्रहरी बोलाएका थिए ।

पुलिसले एम्बुलेन्स बोलाएर बालकलाई अस्पताल पुर्‍याएको छ । यद्यपि, उक्त लागुऔषधको प्याकेट फुटाइएको थिएन ।

त्यसपछि पुलिस ती बालकको घरमा जाँदा उनका बुवा बेनी ग्रासियालाई सुतिरहेको अवस्थामा भेटे । उनीसँग कोकिनका ३८ ब्याग र हिरोइनका ७० वटा ब्याग पनि भेटिएको बताइएको छ ।

प्रकाशित : २०७६ मंसिर ३ गते ४:०१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI