दोस्रो नमुना गोल्डकपमा आज हर्दी समाज युवा क्लब भण्डारा विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ३ गते १३:२५
दोस्रो नमुना गोल्डकपमा आज हर्दी समाज युवा क्लब भण्डारा विजयी

राजु चापागाई
देवचुली, ३ मंसिर

देवचुली नगरपालिकामा संचालित दोस्रो नमुना गोल्पकप २०७६ मा आज हर्दी समाज युवा क्लब भण्डारा विजयी भएको छ । प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना मा वि को खेलमैदानमा संचालित प्रतियोगितामा हर्दी समाज युवा क्लब भण्डाराका विरुद्ध मुकुन्दपुर युवा क्लब भेडावारीबिच भएको खेलमा हर्दी समाज युवा क्लब भण्डारा२ – १ गोल अन्तरले विजयी भएको हो । जितसंगै हर्दी समाज युवा क्लब भण्डारा सेमिफाइनल प्रवेश गरेको छ । खेलमा हर्दी समाज युवा क्लब भण्डाराको तर्फबाट दिपक चौधरी र अभिनास खडकाले गोल गरेका थिए भने मुकुन्दपुर युवा क्लब भेडावारीको तर्फबाट सुरेश श्रेष्ठले गोल गरेका थिए । आजको खेलमा मुकुन्दपुर युवा क्लब भेडावारीका आकाश थापा म्यान अफ दि म्याच घोषित भएका छ्न ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १,११,१११/- ट्रफी , प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ६१,१११/- प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा भोलि सेमिफाइनलको पहिलो खेल प्रगतिकला मन्दिर युवा क्लब र ए के एस फुटबल क्लब प्रगतिनगरबीच खेल हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताए ।

प्रकाशित : २०७६ मंसिर ३ गते १३:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI