युगान्डमा वितरण गरिएका दशलाख कन्डम फिर्ता मगाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ४ गते ९:३९
युगान्डमा वितरण गरिएका दशलाख कन्डम फिर्ता मगाईयो

एउटा अग्रणी परोपकारी संस्था मेरी स्टोप्सले युगान्डामा वितरण गरिएका १० लाखभन्दा बढी कन्डम सुरक्षित प्रयोगसम्बन्धी चासोलाई लिएर फिर्ता लिएको जनाएको छ।

परीक्षणका क्रममा लाइफ गार्ड ब्रान्डका भारतमा निर्मित कन्डममा प्वाल पाइएको अथवा फुट्ने जोखिम देखिएको युगान्डाको न्याश्नल ड्रग अथोरिटी (एनडीए) ले जनाएको छ।

मेरी स्टोप्सले ३५ वटाभन्दा बढी मुलुकमा गर्भनिरोधक र परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युगान्डामा करिब छ प्रतिशत वयस्क एचआईभी एड्सबाट प्रभावित छन्।

अर्को अध्ययन अनुसार त्यहाँ ११ प्रतिशतले मात्रै योजना बनाएर गर्भाधारण गर्ने गरेको पाइएको छ।

मेरी स्टोप्सले युगान्डामा प्रतिमहिना १५ लाखदेखि २० लाखवटा सम्म कन्डम आपूर्ति गर्ने गरेको छ । यस किसिमको विषयलाई लिएर कुनै एउटा देशको हाम्रो कार्यक्रमले फिर्ता लिएको यो पहिलो घटना भएको हामी पुष्टि गर्न सक्छौँ,” मेरी स्टोप्सले बीबीसीलाई बताएको छ।

गुणस्तर परीक्षणमा लाइफ गार्डका दुई खेप कन्डम विफल भएको भन्दै एनडीएले गत अक्टोबर ३० तारिखमा लेखेपछि पछिल्लो कदम चालिएको हो।

पठाइएका ती खेपका कन्डममा देखिएका समस्याबारे र उच्च गुणस्तरको उत्पादनलाई जारी राख्ने विषयमा एनडीएसँग मिलेर काम गरिरहेको मेरी स्टोप्सले जनाएको छ।

उसले अगाडि भनेको छ, “दुई खेपमा दश लाखवटा भन्दा बढी कन्डम भएका तीन लाख ३५ हजार प्याक हामीले फिर्ता लिइरहेको हामी पुष्टि गर्न सक्छौँ।”
बिबिसी नेपालीको अनलाइन संस्करणबाट

प्रकाशित : २०७६ मंसिर ४ गते ९:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI