दोस्रो नमूना गोल्डकप : प्रगतिकला मन्दिर फाईनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ४ गते १२:२४
दोस्रो नमूना गोल्डकप : प्रगतिकला मन्दिर फाईनलमा

राजु चापागाई
देवचुली, ४ मंसिर

देवचुली नगरपालिकामा संचालित दोस्रो नमुना गोल्पकप २०७६ मा आज प्रगतिकला मन्दिर युवा क्लब विजयी हुँदै फाईनल प्रवेश गरेको छ । प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना मा वि को खेलमैदानमा संचालित प्रतियोगितामा प्रगतिकला मन्दिर युवा क्लब कैलाशचोकका विरुद्ध ए के एस फुटबल क्लब प्रगतिनगरबिच भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोलरहित हुदै ट्राईबेकरमार्फत प्रगतिकला मन्दिर युवा क्लब ३ – २ गोल अन्तरले विजयी भएको हो । जितसंगै प्रगतिकला मन्दिर युवा शनिबार हर्दी समाज युवा क्लब भण्डारा र सेन्ट्रल कलेज भरतपुरबीचको बिजेतासँग फाईनलमा प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा प्रगतिकला मन्दिर युवा क्लबका गोल रक्षक दिल मणि चौधरी म्यान अफ दि म्याच घोषित भएका छ्न ।


प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १,११,१११/- ट्रफी , प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ६१,१११/- प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा भोलि सेमिफाइनलको दोस्रो खेल हर्दी समाज युवा क्लब भण्डारा र सेन्ट्रल कलेज भरतपुरबीच खेल हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताए ।

प्रकाशित : २०७६ मंसिर ४ गते १२:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI