बालबालिका तथा बृद्धबृद्धालाई चिसोबाट जोगाउन यसो गर्नुहोस्

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ६ गते १:५५
बालबालिका तथा बृद्धबृद्धालाई चिसोबाट जोगाउन यसो गर्नुहोस्

५ मसिंर । जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले बालबालिका तथा बृद्धबृद्धाहरु दुवैका लागि जोखिम हुनसक्छ । उनीहरुको विशेष हेरचाह गरिएन भने उनीहरुको स्वास्थ्यअवस्थामा प्रतिकुल असर पर्न सक्छ ।

बालबालिका तथा बृद्धबृद्धालाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । चिसो मौसममा उनीहरुलाई खोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बालबालिका तथा बृद्धा बिरामी पनि पर्न सक्छ । बालबालिका तथा बृद्धाहरुलाई चिसोको मौसममा बिशेष गरी निमोनियाले सताउने गर्दछ त्यसैले पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

बालबालिका तथा बृद्धबृद्धाहरुलाई चिसोबाट जोगाउन यस्तो गर्नुस्:

-बालबालिका तथा बृद्धबृद्धाहरुलाई धुलो, धुँवादेखि टाढा राख्नुपर्छ । धुलो, धुँवाले दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

-बालबालिका तथा बृद्धबृद्धालाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

-मौसम बदल्ने वित्तिकै उनीहरुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । उनीहरुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

-बालबालिकालाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

-झोलिलो खानेकुरा खुवाउनुपर्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

-चिसोबाट जोगाउन बिहान बेलुका बाहिर नकिाल्ने । दिउँसोको समयमा घाम लागेको समयमा मात्र घर बाहिर निस्कने ।

प्रकाशित : २०७६ मंसिर ६ गते १:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI