No ads found for this position

मंगल ग्रहमा फेला पर्यो अक्सिजन

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ६ गते ११:१४
No ads found for this position
मंगल ग्रहमा फेला पर्यो अक्सिजन
No ads found for this position

एजेन्सी

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकले ठूलो सफलता प्राप्त गरेका छन् । वैज्ञानिकहरुले मंगलग्रहमा अक्सिजन फेला परेका छन् । यो खोजका लागि क्युरियोसिटी रोवरले निक्कै मद्दत पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नासाको क्युरियोसिटी रोवर ६ अगष्ट २०१२मा मंगलग्रहमा ल्याण्ड भएको थियो । यसलाई सन् २०११ को नोभेम्बर २६मा लन्च गरिएको थियो । यसले अहिलेसम्म मंगलग्रहको सतहमा २० किलोमिटर भन्दा धेरै यात्रा गरिसकेको छ । क्रेटरमा रहेर यसले थप अनुसन्धान गरिरहेको छ ।

क्युरियोसिटी रोवरको आकार धेरै ठूलो छ । यो १० फिट लामो र ९ फिट चौडा तथा ७ फिट उचाइको छ । यस भित्र एउटा प्रयोगशाला पनि छ । यसले अहिलेसम्म मंगलग्रहको माटोका ७० प्रकारका स्याम्पल जाँच गरिसकेको छ । पछिल्लो अध्ययनअनुसार मंगलग्रहमा ९५ प्रतिशत कार्बनडाइअक्साइड, नाइट्रोजन २ दशमलब ६ प्रतिशत र अक्सिजन जम्मा ० दशमलब ०६ प्रतिशत पाइएको छ ।

प्रकाशित : २०७६ मंसिर ६ गते ११:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI