‘माया पिरिम’ मा कोशिश र किरणको प्रेम र वियोग (ट्रेलर)

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ७ गते १२:३७
‘माया पिरिम’ मा कोशिश र किरणको प्रेम र वियोग (ट्रेलर)

मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको टेक पौरखी राई निर्देशित फिल्म ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका प्रमुख अभिनेता कोशिश क्षेत्री र अभिनेत्री किरण चन्दको प्रेममा आउने उतारचढाव देखाइएको छ । ट्रेलरमा कमेडी र एक्सनको डोज पनि छ ।    फिल्ममा कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ । फिल्मको ‘फोटो खिचेर’ गीतमा अभिनेता सलोन बस्नेत र मोडल अञ्जली अधिकारीले ठुम्का लगाएका छन् । दुईको फिल्ममा भने अभिनय छैन । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । उनी फिल्मका निर्माता पनि हुन् ।    ट्रेलर रिलिज कार्यक्रममा अभिनेता कोशिशले फिल्ममा आफूले निर्वाहा गरेको भूमिकालाई लिएर उत्साहित रहेको बताए । फिल्मको कथावस्तु राम्रो रहेको बताउँदै उनले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । त्यस्तै, अभिनेत्री किरणले आफ्नो डेब्यू फिल्म भएका कारण दर्शकको साथ र सहयोगको अपेक्षा राखेको बताइन् । उनी एक थिएटर आर्टिस्ट हुन् ।    सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् । प्रविन थापा र सविन अधिकारी फिल्मका निर्माता हुन् । यो फिल्मलाई निरज कँडेलले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व छ । यसअघि ‘मट्टीमाला’ निर्देशन गरेका राई ‘माया पिरिम’ लाई प्याकेजको फिल्म भन्न रुचाउँछन् ।    ट्रेलर हेर्नुहोस् :-

प्रकाशित : २०७६ मंसिर ७ गते १२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI