चितवन, ७ मङिसर ।
जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक
वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी
८० वर्षिय दिलबहादुर गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ
वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ
परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित : २०७६ मंसिर ७ गते १२:४८
Facebook Comment