दोस्रो नमूना गोल्डकपको उपाधी प्रगति कला मन्दिर युवा कल्बलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ७ गते १९:०३
दोस्रो नमूना गोल्डकपको उपाधी प्रगति कला मन्दिर युवा कल्बलाई


राजु चापागाई
देवचुली, ७ मंसिर

देवचुली नगरपालिकामा संचालित दोस्रो नमुना गोल्डकप २०७६ को उपाधि प्रगतिकला मन्दिर युवा क्लबले जितेको छ । प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना मा वि को खेलमैदानमा संचालित प्रतियोगितामा प्रगतिकला मन्दिर युवा क्लबविरुद्ध सेन्ट्रल कलेज भरतपुरबिच भएको फाईनल खेलमा प्रगतिकला मन्दिर युवा क्लब २ – ० गोल अन्तरले विजयी भएको हो । प्रतियोगिताको बिजेता प्रगतिकला मन्दिर युवा क्लबले नगद रु १,११,१११/- , मेडल र ट्रफी प्राप्त गरेको छ भने उप बिजेता सेन्ट्रल कलेज भरतपुरले नगद रु ६१,१११/- , मेडल र ट्रफीमा प्राप्त गरेको छ । आजको फाईनल खेलमा प्रगतिकला मन्दिर युवा क्लबको तर्फबाट संजु सेन र सुरेश कुमालले गोल गरेका थिए । आजको खेलमा प्रगतिकला मन्दिर युवा क्लबका सुमित श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छ्न । कार्तिक २३ गतेबाट संचालित प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।


प्रतियोगिताको सर्वाधिक गोलकर्ता प्रगतिकला मन्दिर युवा क्लबका सुमित श्रेष्ठ भएका थिए भने सर्वोकृष्ट खेलाडी सेन्ट्रल कलेज भरतपुरका रोशन राना मगर भएका थिए ।दुबै जनाले नगद रु ५/५ हजार प्राप्त गरेका थिए ।
प्रतियोगितामा बिजेता , उप बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले नगदसहित पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिता समापन कार्यक्रममा प्रगतिकला मन्दिर युवा क्लबको अध्यक्ष अमर गुरुङको अध्यक्षता ,देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता , जिल्ला खेलकुद विकाश समिती नवलपुरको अध्यक्ष विकाश के सी, अखिल नेपाल फुटबल संघ नवलपुरका अध्यक्ष सेतमान पुन , देवचुली युवा तथा खेलकुद विकाश समितिका अध्यक्ष भीमलाल तिवारी , देवचुली नगरपालिकाका जनप्रतिनिधिहरु , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रकाशित : २०७६ मंसिर ७ गते १९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI