नागरिकको अभिव्यक्ती स्वतन्त्रताका लागि लड्दैछौँ : अध्यक्ष डुम्रे

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ७ गते १९:२३
नागरिकको अभिव्यक्ती स्वतन्त्रताका लागि लड्दैछौँ : अध्यक्ष डुम्रे

सदिक्षा गैरे
कावासोती, ७ मंसिर । जनपत्रकार संगठक नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले आफुहरु राष्ट्रका हरेक नागरिकहरुको अभिव्यक्ती स्वतन्त्रताका लागि लडेको बताएका छन् ।

उनले पछिल्लो समय प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता संकटमा पर्दे गएको भन्दै यसको रक्षाका लागि आफुहरुले निरन्तर खबरदारी गरिरहने बताए । नवलपुरको कावासोतीमा जनपत्रकार संगठन नेपाल लुम्विनी समन्न्वय समितिले आयोजना गरेको मानव अधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता एवं बर्तमान राजनितिक अबस्था र राष्ट्रीयता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डुम्रेले जनपत्रकार संगठनले देशभर यस बिषयमा बहस चलाउदै आएको जानकारी दिए ।

अध्यक्ष डुम्रेले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताका बिषयमा बोल्दै गर्दा राज्यले जेल हाल्छ भने आफुहरु जेल जान तयार रहेको बताए । उनले सरकारलाई नागरिकको मौलीक हक र मानवअधिकार हनन नगर्न आग्रह गरे । “सरकार मानवअधिकार हनन गर्न अग्रसर भएको छ  म सरकारलार्ई त्यसो नगर्न आग्रह गर्दछु ।”  उनले भने ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता ऋषीराम कट्टृेलले सरकारले पछिल्लो समय अभिव्यक्ती स्वतन्त्रता हनन गर्न खोजेको भन्दै सरकारी कार्यको बिरोध गरे । उनले मानव अधिकार र प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता केदार पराजुली, अभिभावक संघ नेपालका अध्यक्ष श्याम भुषाल, नेपाल पत्रकार महासंघद्ध गण्डकी प्रदेश समितिका कोषाध्यक्ष दिपक भट्टराई, पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय महासचिव रामकुमार श्रेष्ठ, नेपाल प्रेस युनियनका जिल्ला सचिव खगराज सापकोटा, क्रान्तिकारी माओवादीका जिल्ला सचिव उत्तम थापा, नेपाल वार एशोशियसन नवलपुरका पुर्व अध्यक्ष चेतप्रसाद शर्मा लगायतले बोलेका थिए

प्रकाशित : २०७६ मंसिर ७ गते १९:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI