नन्द भाउजु उपभोक्ता समितिको अध्यक्षमा पुन: दोमन भण्डारी निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ७ गते १९:५७
नन्द भाउजु उपभोक्ता समितिको अध्यक्षमा पुन: दोमन भण्डारी निर्वाचित

चितबन राष्टिय निकुञ्ज पश्चिम सेक्टर अन्तर्गतको नन्दभाउजु उभापेक्ता समितिमा पुन: दोमन भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरिएको छ । जसको उपाध्यक्षमा डिल्लीराम महत्तो , सचिबमा बद्रीनाथ नेपाल , कोषाध्यक्षमा आशा महत्तो चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा श्रीधर शर्मा , बिष्णु थापा , नारापणजंग कार्की , बुद्धिराम बोटे , इन्द्र बहादुर खड्का चयन भएका हुन् ।


आज भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भण्डारीले आफ्नो दोस्रो कार्यकाल सुरु गर्न लागेका हुन । अध्यक्षमा निर्वाचित भए पछि बोल्दै भण्डारीले राईनो संरक्षण फुटवल प्रतियोगिता मध्यविन्दु नगरपालिकाको मात्र नभई सिङ्गो नवलपुरबासीको गहना समेत भएकोले खेललाई निरन्तरता दिने सँगसँगै संरक्षणको अभियानमा अझ कृयाशिल भएर लाग्ने बताए ।

प्रकाशित : २०७६ मंसिर ७ गते १९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI