No ads found for this position

पेस्तोल प्रकरण : कलेज र विद्यार्थी संंलग्न छैनन्- सिएमसी

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ८ गते १४:०६
No ads found for this position
पेस्तोल प्रकरण : कलेज र विद्यार्थी संंलग्न छैनन्- सिएमसी
No ads found for this position

चितवन, मंसिर ०८ ।

चितवन मेडिकल कलेजले शनिबार कैलाशनगर स्थित कलेज परिसरमा भएको गैह्र कानुनी कार्यमा कलेजका विद्यार्थी लगायत कुनै सदस्य संलग्न नभएको बताएको छ । कलेज प्रशासनले आइतबार एक विज्ञप्ती जारी गर्दै कलेज जस्तो सार्वजनिक स्थलमा भएको गैह्रकानुनी कार्यको चितवन मेडिकल कलेजले घोर भत्र्सना गर्ने बताएको हो ।

साथै सो कार्यमा संलग्न जो कोही भए पनि आवश्यक अनुसन्धान गरी कार्वाही गर्न माग गरेको छ । घटनाका कारण सिर्जना भएको अप्ठ्यारो परिस्थितिमा विद्यार्थीहरुको शान्ति सुरक्षाको लागी कलेज व्यवस्थान संधै तयार रहेको जनाएको छ । “यस्तो घृणित कार्यमा चितवन मेडिकल कलेजका विद्यार्थी लगायत कुनै सदस्य संलग्न नभएको कुरामा कलेज प्रशासन विश्वस्त छ । यस्तो संवेदनशील विषयमा कपोकल्पित आरोप प्रत्यारोप नगरी घटनाको निष्पक्ष छानबिनमा सहयोग गर्न सबैमा अपिल गर्दछौं’’ विज्ञप्तिमा भनिएको छ ।

कलेज परसिरमा सुरक्षा तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हिजो कैलाशनगर स्थित चितवन मेडिकल कलेज परिसरमा प्रहरीले हतियार बरामद गरेको थियो ।

यसैबिच सरकारले कलेज सञ्चालकलाई विद्यार्थीबाट असुलेको अवैध शुल्क फिर्ता गर्न अन्तिमपटकका लागी दिएको १५ दिनको समयसिमा सकिनै लाग्दा समेत अटेरि गर्ने मेडिकल कलेजमाथि कारबाहीका लागि दबाब स्वरुप चिकत्साशिक्षा संघर्ष समितिको आयोजनामा आज प्रदर्शन गरेको छ ।

भरतपुरको विरेन्द्र क्याम्पसगेट अगाडी बाट सुरु भएको ¥याली लायन्सचोक, शहिदचोक हुंदै चौबिसकोठीमा आएर कोण सभामा परिणत हुने बताइएको छ । देशभरका मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी सहित नागरिक समाजको संलग्नतामा भएको बृहत विरोध प्रदर्शनमा करिब २ हजारको सहभागिता रहेको संघर्ष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ मंसिर ८ गते १४:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI