रेडियो मध्यविन्दु बार्हौ वर्षमा प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ८ गते १७:१६
रेडियो मध्यविन्दु बार्हौ वर्षमा प्रवेश


सदिक्षा गैरे
कावासोती ( नवलपुर) ८ मंसिर २०७६
सुचना र संगितको माध्ययमबाट आमजनतालाई सुसुचित गर्दे आईरहेको सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्ज सफलता पुर्वक ११ बर्ष पुरा गरि १२ बर्षमा प्रबेश गरेको छ । नवलपुरको कावासोतीमा संचालनमा रहेको मध्यविन्दु एफएम बि.स. २०६५ साल मंसिर ८ गते देखि नियमित प्रसारणमा आएको थियो । त्यस अघि रेडियोले बि.स. २०६५ साल असोज १४ गते घटस्थपना देखि आफ्नो परिक्षण प्रसारण शुरु गरेको थियो । रेडियो व्यवस्थापनले नियमित प्रसारण भएको दिन मंसिर ८ गतेलाई बार्षिकोत्सवका रुपमा मनाउदैं आएको छ ।
बार्षीकोत्सवका अबसरमा रेडियो मध्यविन्दु एफएमले आइतबार कावासोती १२ पिठौलीमा रहेको लक्ष्मी नारायण बृद्धाश्रममा अन्न तथा फलफुल वितरण गरेको छ ।

बृद्धाश्रममा आयोजित कार्यक्रममा रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जका कोषाध्यक्ष बिष्णु पोिखरेल , सदस्य कर्नेल धनबहादुर मास्की राना , रमेश बस्ताकोटी , भिम शदाशंकर लगायतले रेडियोले समाजमा पुर्‍याएको योगदान बारे चर्चा गर्नुभएको थियो । रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्ज सञ्चालक समितिका अध्यक्ष कुल प्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बृद्धाश्रम संचालक समितिका अध्यक्ष तिर्थशरण भण्डारी ले आफ्नो वार्षिकोत्सवका अबसरमा बृद्धाश्रममा अन्न तथा फलफुल वितरण गरेर सराहनीय कार्य गरेको बताउनुभयो । सो कार्यक्रम रेडियोका कार्यकारी निर्देशक बिष्णु प्रसाद गौडेलले सञ्चालन गर्नुभएको थियो ।


रेडियोले यस पटक अन्तरक्रिया लगायतका कार्यक्रमहरु गरेर बार्षिकोत्सव मनाउने निर्णय गरेको संचालक समितिका अध्यक्ष कुल प्रसाद भुषालले जानकारी दिनुभयो । चितवन तथा नवलपुरका सक्रिय सञ्चारकर्मी,युवा पत्रकार तथा सामाजीक व्यक्तित्वहरुको सक्रियतामा सञ्चालनमा आएको रेडियो मध्यविन्दु गैंर नाफामुलक सस्था सामुदायिक सचेतना तथा सञ्चार प्रतिष्ठानद्धारा संचालित रेडियो हो । “समुदायको विकासका लागि सञ्चार अभियान” भन्ने आफ्नो मूल नाराका साथ स्थापित रेडियो मध्यविन्दु अहिले दैंनिक नियमित २० घण्टा प्रसारण हुदैं आईरहेको छ । “हाम्रो प्रमुख उदेश्य भनेको प्रसारणको माध्यम द्वारा समाजको सकारात्मक परिवर्तनका लागि वकालत गर्नु नैं हो” रेडियोका अध्यक्ष भुषालले भन्नुभयो–“हामीस्थानीय बिषयबस्तुहरुलाई मुख्य प्राथमिकता दिएर प्रचार–प्रसार गछौं , सामाजीक बिषयबस्तुहरुलाई नीति निर्माण तहसम्म पुर्याउनका लागि एउटा सहजकर्ताको भूमिका खेल्नुनैं हाम्रो उदेश्य हो ।”
भुषालले रेडियोलाई आजको दिन सम्म ल्याईपुर्याउन सहयोग गर्ने स्रोता , बिज्ञापनदाता , रेडियोमा कार्यरत कर्मचारी सबैंलाई आभार प्रकट गर्नुभयो । उहाले आगामी दिनमा पनि सधैं रचनात्मक सहयोगको लागि आग्रह समेत गर्नुभयो । रेडियोमा आबद्ध सबैं सदस्यहरु , कार्यसमितिका पदाधिकारी , सल्लाहकार एवम् आम शुभचिन्तकहरुलाई बार्षिकोत्सवको अबसरमा धन्यवाद भन्नुहुदैं अध्यक्ष भुषालले सबैंको सहयोगले रेडियोलाई अझैं गुणस्तरिय बनाउदैं लैंजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समाजको सकारात्मक परिवर्तनका लागि आफ्ना कार्यक्रमहरु मार्फत् महत्वपुर्ण भुमिका निर्वाह गर्दे आईरहेको रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्जले नागरिकको सुसूचित हुन पाउने अधिकार प्रति आफुहरु सदैब सचेत रहेको जनाएको छ । आदिवासी जनजाति, अल्पसंख्यक ,दलीत मधेसी तथा पिछडिएका वर्गको हक हित र अधिकारका लागि समेत आफ्नो आवाज उठाउदैं आएको रेडियो मध्यविन्दु अहिले यस भेगका आफ्ना लाखौं स्रोताहरुको ढुकढुकीमा बस्न सफल छ ।

प्रकाशित : २०७६ मंसिर ८ गते १७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI