No ads found for this position

बिरामी बलात्कार प्रयासको आरोपमा मेडिसिटीका डाक्टर पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ९ गते १९:३७
No ads found for this position
बिरामी बलात्कार प्रयासको आरोपमा मेडिसिटीका डाक्टर पक्राउ
No ads found for this position

काठमाडौं- मेडिसिटी अस्पतालमा कार्यरत एक डाक्टर बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।

अस्पतालमा उपचारका लागि आएकी एक युवतिमाथि बलात्कार प्रयास गरेको उजुरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले ती डाक्टरलाई पक्राउ गरेको हो।

एसएसपी टेकप्रसाद राईका अनुसार उपचारका लागि आइतबार अस्पताल पुगेकी ती युवतीले आफूमाथि डाक्टर रोहित कुमार झाले बलात्कार प्रयास गरेको भन्दै आज सोमबार उजुरी दिएपछि पक्राउ गरिएको हो।

इन्जिनियर पेसामा आवद्ध ती युवती नियमित स्वास्थ्य उपचारका लागि अस्पताल पुगेकी थिइन्। प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित : २०७६ मंसिर ९ गते १९:३७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI