No ads found for this position

मध्यविन्दुमा किशोरी आत्मरक्षा प्रशिक्षण सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १० गते १०:१०
No ads found for this position
मध्यविन्दुमा किशोरी आत्मरक्षा प्रशिक्षण सुरु
No ads found for this position

सरस्वती सुबेदी/मध्यविन्दु,

लैङ्गिक हिंसाको १६ दिने अभियानको पहिलो दिन बाट मध्यबिन्दु नगरपालीकामा किशोरी आत्मरक्षा प्रशिक्षण सुरु भएको छ । मध्यबिन्दु नगरपालीकाले गतबर्षदेखी संचालन गरेको उपप्रमुख चेलीबचाउ कार्यक्रम अन्तर्गत किशोरी आत्मरक्षा विषय समाबेस गरि सोमबारबाट प्रशिक्षण संचालन गरिएको मध्यबिन्दु नगरपालीका उपप्रमुख ओमुकुमारी महत्तोले बताउनुभएको छ । बर्तमान समयमा महिला हिंसा निकै बढिरहेको भन्दै हिंसालाई निरुत्साहित गर्दै नव किशोरीहरुमा आत्मबल बढाउनका लागि र हिंसामा परेका बेला आफूलाई कसरी बचाउन, जोगान सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिन लागेको उपप्रमुख महतोले बताउनु भयो ।


उपप्रमुख महत्तोले डर नै मानिसहरुको सबैभन्दा ठुलो शत्रु भएको भन्दै मनमा डर भएको मानिस नै असुरक्षीत हुने र त्यो डरलाई पराजीत गर्नका लागि यो तालीम आबश्यक रहेकोमा जोड दिनुभयो । उहाले किशोरीहरुलाई आत्मबलशाली बनाउनका लागि तालिमले उत्कृष्ट भुमिका खेल्नेमा समेत बिश्वास व्यक्त गर्नुभयो ।


प्रशिक्षणमा मध्यबिन्दु नगरपालीका बडा न १ देखी ५ सम्मका किशोरीहरुको सहभागिता रहेको कार्यपालीका सदस्य सिता पाठक देबकोटाले बताउनुभयो । सोमबार र मंगलबार गरि २ दिन संचालन हुने उक्त तालीममा ५० जना किशोरीहरुको सहभागिता रहेको देबकोटाको भनाई छ । त्यसैगरि बुधबार र बिहीबार ६, ७,८,९,१३ का किशोरीहरु सहभागि हुनेछन् । शुक्रबार र शनिबार १० , ११,१२ र १४ का किशोरीहरु सहभागि हुने उहाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको सहजिकरण जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालन गरिएको किशोरी शसक्तिकरण अभियन्ताकी किशोरी अभियन्ता एवम ताईवानमा सम्पन्न गर्ल अभियानमा सामुदायिक विकास अवार्डबाट सम्मानीत आशा वि.क. र उनको समुहले गर्दैछ ।

प्रकाशित : २०७६ मंसिर १० गते १०:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI