No ads found for this position

अपरेशनपछि प्रधानमन्त्रीलाई आईसीयुमा सारियो, तीन दिन अस्पतालमै राखिने

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १० गते १४:१३
No ads found for this position
अपरेशनपछि प्रधानमन्त्रीलाई आईसीयुमा सारियो, तीन दिन अस्पतालमै राखिने
No ads found for this position

मंसिर १०, २०७६ काठमाडौं : एपेन्डिसाइटिसको अपरेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सकिएपछि प्रम ओलीलाई आईसीयुमा सारिएको हो। प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन मंगलबार मध्यान्ह १२:४५ बजे सफलतापूर्वक सम्पन्‍न भएको जानकारी दिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेपछि आईसीयुमा लगिएका प्रमलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको छ। प्रमको एपेन्डिसाइटिसको अपरेशमा संलग्न डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजेको सफल प्रत्यारोपण गरेको थियो। सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रमलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो। प्रधानमन्त्रीको उपचारमा संलग्न एकजना चिकित्सकले स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यान दिँदै कम्तीमा तीन दिन अस्पतालमै राखिने जानकारी दिए। यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा तीन पटक डायलाइसिस गरिसकिएको छ। तीन दिनअघि मात्रै प्रमको मिर्गौलाको तेस्रो डायलाइसिस गरिएको थियो।

प्रकाशित : २०७६ मंसिर १० गते १४:१३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI