चितवनमा काङ्ग्रेस प्रवेश गरेको भन्दै नेकपाका कार्यकर्ता द्वारा कुटपिट

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १० गते १४:२५
चितवनमा काङ्ग्रेस प्रवेश गरेको भन्दै नेकपाका कार्यकर्ता द्वारा कुटपिट

चितवन मंसिर १० –

मङ्सिर १४ गते हुने उप निर्वाचनको तयारीका क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुले काँग्रेसका कार्यकताहरुमाथि कुटपिट गरेका छन् ।

खैरहनी नगरपालिका वडा नम्वर ४ चैनपुरमा गएराति नेकपाका दिपक मगर सहितका कार्यकताहरुले ४५ वर्षिय टेक वहादुर परियारलाई कुटपिट गरेको नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले जानकारी दिए ।

निर्वाचनको दौडानमा केहि दिन अघि काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा परियार सहित सयँैंको संख्यामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका थिए । निर्वाचनको मुखमा काँग्रेस प्रवेश गरेर नेकपालाई कमजोर वनाउन खोजेको भन्दै आँफुमाथि कुटपिट गरिएको परियाले आरोप लगाएका छन् ।

कुटपिटबाट घाईते परियारको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनका क्रममा नेपाली काँग्रेसले जित हाँसिल गरेको सो वडामा पुनः काँग्रेकै जित हुने देखेपछि नेकपाका नेता तथा कार्यकर्ता अतालिएर आक्रमणमा उत्रिएको काँग्रेस सभापति श्रेष्ठले वताए । घाईते परियारको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित : २०७६ मंसिर १० गते १४:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI