No ads found for this position

साग क्रिकेट : अभ्यास खेलमा नेपाल ‘ए’ संग माल्दिभ्स पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १२ गते १३:१८
No ads found for this position
साग क्रिकेट : अभ्यास खेलमा नेपाल ‘ए’ संग माल्दिभ्स पराजित
No ads found for this position

दक्षिण एसियाली खेलकुद ( साग ) सुरु हुनु अघि खेलीएको अभ्यास खेलमा माल्दिभ्स राष्ट्रिय क्रिकेट टिमलाई नेपालको ‘ए’ टिमले ४९ रनले पराजित गरेको छ।

मुलपानी मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो।

नेपालको बलिंगमा नन्दन यादब र आकाश चन्दले समान २/२ विकेट लिए। यस्तै मन्जित श्रेष्ठ र शेर मल्लले समान १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो।

नेपालको लागि भिम शार्कीले सर्वाधिक ३३ रनको योगदान दिए। यस्तै अमित श्रेष्ठले २९, रित गौतमले २५, सुबास खकुरेलले २० तथा दिलिप नाथले १८ रन बनाए। शेर मल्लले अविजित ७ तथा आकाश चन्दले अविजित ४ रन बनाए।

सागको पुरुष क्रिकेट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल डिसेम्बर ३ मा श्रीलंका अन्डर-२३ टिमसंग खेल्दैछ।

भारत र पाकिस्तान सहभागी नभए पछि साग क्रिकेटतर्फ आयोजक नेपाल सहित, श्रीलंका यु-२३, बंगलादेश यु-२३, माल्दिभ्स र भुटान गरि ५ टिम सहभागी रहेका छन्। सबै ५ टिमले एक अर्का बिरुद्ध खेलेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिमले स्वर्ण पदकको लागि खेल्नेछन्। यस्तै तेश्रो र चौथो हुने टिमले रजत पदकको लागि खेल्नेछ।

नेपालले पहिलो खेल श्रीलंका यु-२३ संग डिसेम्बर ३ मा, दोश्रो खेल भुटानसंग डिसेम्बर ५ मा, तेश्रो खेल माल्दिभ्ससंग डिसेम्बर ६ मा तथा चौथो खेल बंगलादेशसंग डिसेम्बर ७ मा खेल्नेछ। श्रीलंकासंगको खेल ११ बजे, भुटानसंग ९ बजे, माल्दिभ्ससंग १ बजे तथा बंगलादेशसंग ११ बजे सुरु हुनेछ। कास्य पदकको लागि र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

डिसेम्बर ९ ( मङ्सिर २३ ) मा कास्य पदकको लागि अंकतालिकामा तेश्रो र चौथो हुने टिमबीच खेल हुनेछ भने स्वर्ण पदकको लागि फाइनल खेल डिसेम्बर १० ( मङ्सिर २४ ) मा खेलिनेछ।

सागको लागि नेपाली क्रिकेट टिम


ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान

साग अन्तर्गत महिला क्रिकेटको खेलहरु पोखरामा डिसेम्बर २ देखि सुरु हुनेछ। महिला क्रिकेटतर्फ भारत, पाकिस्तान र भुटानले समेत सहभागिता नजनाउने हुँदा नेपाल सहित बंगलादेश, माल्दिभ्स र श्रीलंका गरि ४ टिम सहभागी हुनेछन्। महिलातर्फ सबै टिमले आफ्नो सिनियर टिम सहभागी गराउने छन्। सबै खेलहरु पोखरा रंगाशालामा खेलिनेछ।

नेपाली महिला टिमले पहिलो खेल माल्दिभ्ससंग डिसेम्बर २ ( मङ्सिर १६ ) मा खेल्नेछ , दोश्रो खेल बंगलादेशसंग डिसेम्बर ४ ( मङ्सिर १८ ) मा , तेश्रो खेल श्रीलंकासंग डिसेम्बर ६ ( मङ्सिर १९ ) मा खेल्नेछ।

सागको लागि नेपाली महिला क्रिकेट टिम

रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उपकप्तान ) , इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,सोनु खड्का, ममता चौधरी, सरिता मगर, अप्सरी बेगम, सरस्वति चौधरी, अन्जली चन्द, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर

प्रकाशित : २०७६ मंसिर १२ गते १३:१८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI