गान्धीलाई गोली हान्ने गोड्सेलाई देशभक्त भनेपछि भाजपा सासंदमाथि कारबाही

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १२ गते १५:०३
गान्धीलाई गोली हान्ने गोड्सेलाई देशभक्त भनेपछि भाजपा सासंदमाथि कारबाही

महात्मा गान्धीलाई गोली हान्ने नाथुराम गोड्सेलाई देशभक्त भन्ने भारतीय जनता पार्टी(भाजपा)का सासंद प्रज्ञा ठाकुरलाई कारबाही भएको छ।

बुधबार प्रज्ञा ठाकुरले लोकसभामा महात्मा गान्धीका हत्यारा गोड्सेलाई देशभक्त बताएको थिए।  गोड्सेलाई देशभक्त भनेपछि भाजपाले उनलाई संसदको रक्षा मामिला सल्लाहकार समितिबाट हटाएको हो।

भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डाले ठाकुरको भनाइमा पार्टीले समर्थन जनाउन नसक्ने भन्दै कारबाही गरेका हुन्।

ठाकुरलाई संसदीय दलको बैठकमा आउन पनि प्रतिबन्ध लगाइएको छ।

ठाकुरले भनाइको विपक्षी कंग्रेस आईले पनि विरोध गरेको छ।

कंग्रेसका आईका पूर्वअध्यक्ष राहुल गान्धीले आतंकवादी ठाकुरले आतंकवादी गोड्सेलाई देशभक्त भनेको बताएका छन्।

गोड्सेले सन् १९४८मा महात्मा गान्धीको छातीमा तीन पटक गोली हानी हत्या गरेका थिए।

उनलाई पछि सन् १९४९ नोभेम्बर ८ मा मृत्युदण्ड दिइएको थियो।

प्रकाशित : २०७६ मंसिर १२ गते १५:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI