No ads found for this position

तुलसी महिनावारी गडबडी हुनेका लागि अचुक औषधि, यसरी गर्नुस् प्रयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १३ गते ९:४५
No ads found for this position
तुलसी महिनावारी गडबडी हुनेका लागि अचुक औषधि, यसरी गर्नुस् प्रयोग
No ads found for this position

महिलाहरु महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो । महिनावारी हुँदा हल्का पेट दुख्ने, ढाड दुख्ने, स्तन सुन्निने, शरीर भारी हुने, वाकवाकी लाग्ने गर्छ ।

तर आजभोलि व्यस्त जीवनशैली र खानपान तथा व्यायाममा ध्यान नदिदाँ धेरै महिलाहरु महिनावारीसम्बन्धी समस्याबाट ग्रस्त भएका छन् ।

महिनावारीको समयमा धेरै दुखाई, रक्तश्राव, तनाव, चिडचिडापन महिनावारीमा सामान्य मानिएपनि अनियमित महिनावारी भने ठूलै समस्या हुनसक्ने डाक्टरहरु बताउँछन् ।

महिनावारी २१ देखि ३५ दिनभन्दा अगाडि वा पछाडि हुनुलाई अनियमित महिनावारी भनिन्छ । छिटो छिटो महिनावारी हुनु र धेरै ढिलो महिनावारी हुँदा विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् ।

महिलाहरु महिनावारी अनियमित भएको समयमा विभिन्न प्रकारका औषधिहरुको सेवन गरिरहेका हुन्छन् जुन महिला स्वास्थ्यको लागि घातक सावित हुन सक्छ ।

किन महिनावारी समयमा हुन जरुरी छ ?
अनियमित महिनावारी महिलाका साझा समस्या बन्दै गएको छ । महिनावारी भएको २१ दिनपछि ३५ दिनसम्म महिनावारी नहुनु र त्यही समस्या बारबार दोहोरिरहनुले महिलाको स्वास्थ्यमा गम्भीर समस्या भएको हुनसक्छ । त्यसैले यस्तो अवस्थामा डाक्टरको सल्लाह लिन अत्यन्तै जरुरी छ ।

कारण
थाइराइड, पेल्विक तथा पीसीओडी जस्ता रोगका कारण महिनावारी अनियमित हुनसक्छ । साथै तौल बढ्दा वा घट्दा, तनाव, गलत डाइट, गर्भ निरोधक औषधिको प्रयोग, अत्याधिक मात्रामा कसरत र स्तनपानले गर्दा महिनावारी अनियमित हुन्छ ।

लक्षण
भोक नलाग्ने, युट्रसमा पीडा, पेट, हात र कम्मर दुखाई, अत्याधिक थकाई, कब्जियत र पखाला लाग्ने जस्ता लक्षण देखा परेमा महिनावारीमा समस्या भएको हुनसक्छ । साथै युट्रसमा र रगतको दाग देखिनु पनि एउटा लक्षण हो ।

तुलसी
अनियमित महिनावारीको एकमात्र अचुक उपाय तुलसी हो । यसमा पाइने तत्वले तनाव कम गर्ने र हर्मोनको मात्रा सन्तुलन गर्न मद्दत गर्छ । यसमा प्राकृतिक एन्टीअक्सीडेन्ट हुन्छ जसले एन्टी–इन्फ्लामेटरी र एन्टी-माइक्रोबियल गुण पाइन्छ ।

कसरी प्रयोग गर्ने र ?
तुलसीले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ जसले गर्दा महिनावारी नियमित हुन्छ । यसको लागि १० ग्राम तुलसीको दानामा पानी उमालेर नियमित रुपमा विहान पिउँनुपर्छ ।

यसले तपाईंको अनियमित महिनावारीको समस्याको समाधान गर्न मद्दत गर्छ । यसका साथै तुलसीको चिया, यसको पानी वा यसको पात खादाँ राम्रो गर्छ ।

सावधान: यदि तपाईं गर्भवती वा मधुमेहको बिरामी हुनुहुन्छ वा एसिटामिनोफेन जस्ता पेनकिलरको सेवन गरिरहनुभएको छ भने तुलसीको प्रयोग नगर्नुहोस् किनकी तुलसी शरीरमा हर्मोनलाई सिधै प्रभाव पार्ने भएकाले यस्ता व्यक्तिका लागि खतरनाहक हुनसक्छ । साथै कलेजो खराब हुनपनि सक्छ ।

प्रकाशित : २०७६ मंसिर १३ गते ९:४५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI