No ads found for this position

समाचार र सामाजिक संजालको प्रभाव हेर्नुहोस मालपोत कार्यालय कावासोतीमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १३ गते २१:५८
No ads found for this position
समाचार र सामाजिक संजालको प्रभाव हेर्नुहोस मालपोत कार्यालय कावासोतीमा
No ads found for this position

पछिल्लो समय दिनहुजसो  आमसरोकारका विषय सामाजिक संजालमा उठिरहेको हुन्छ । सामाजिक संजाल आम चासो र सरोकार मुद्दा  उठदा ती विषय र मुद्दाको सम्बोधन र सुनुवाइ छिटो हुन थालेको छ । पछिल्लो समय  नागरिकले विभिन्न आम चासोका विषयलाई सामाजिक संजालमा राख्दा त्यसको परिणाम तत्कालै देखिन थालेको छ । हिजो मात्रै मालपोत कार्यालय कावासोतीको शौचालय र कार्यालय परिसरको बिजोग अवस्था को फोटोहरु पत्रकार, सेवाग्राहिले सामाजिक संजाल  र नवलपुर टाईम्स डटकम अनलाइनले सार्वजनिक गरे पछि आज नै ती समस्याहरु सम्बोधन भएका छ्न । 


       कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया सहित पत्रकारको टोलिले आज मालपोत कार्यालय कावासोती को अनुगमन गर्दा बिजोग अवस्थामा रहेका शौचालय कुनै सरसफाइ  भईसकेका थिए भने केहीमा कर्मचारीले सरसफाइ गर्दै थिए ।

सामाजिक संजालमा आएको फोटो र समाचारले उठाएको विषय  तत्काल समाधान हुँदा सेवाग्राहीको सकारात्मक आएको थियो भने मालपोत कार्यालयको अन्य समस्या  पनि यसरीनै चासोको साथ निगरानी गर्दै समाधान गर्न सेवाग्राहीले नगर उपप्रमुख मर्दनियालाई सुझाव दिएका थिए । सेवाग्राहीले अन्य सरकारि कार्यालयकाे सेवा र सेवाग्राहीले पायका झन्जट जस्ता बिषयमा समेत निरिक्षण गर्न समेत अाग्ह गरेका थिए ।


उप मेयर र पत्रकारको टाेलिले कायम मुकायम मालपोत प्रमुख लाई भेटेर नियमित सरसफाईमा ध्यान दिन सुझाव दिएका थिए भने  केही सेवाग्राहीले जनचासोको बिषय बाहिर ल्यायको मा पत्रकार टाेलिलाई धन्यबाद समेत दिएका थिए ।
  मालपाेत कार्यालयमा कार्यालय प्रमुख नभएकाे तीन महिना भएकाे छ । हाल दुई जना अधिकृतबाट दैनिक कार्य सम्पादन गर्ने गरिएकाे र सेवाग्राहीलाई थाेरै कर्मचारिबाट सेवा प्रदान गर्नुपरेको निमित्त कार्यालय प्रमुखकाे गुनासाे रहेकाे थियाे ।


हिजो मालपोत कार्यालयको बिजोग अवस्थाको तस्वीरहरु पत्रकार रमेश बस्ताकोटि , चितवनका सेवाग्राही जोन कंडेल युवा अभियन्ता सुमन लम्साल  र नवलपुर टाईम्स डटकम ले सामाजिक संजाल मार्फत बाहिर ल्याएका थिए ।

हिजो नवलपुर टाईम्स डटकममा प्रकाशीत समाचर हेर्नुहोस ।

प्रकाशित : २०७६ मंसिर १३ गते २१:५८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI