कंचनपुरको पुर्नबासमा नेकपा विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १४ गते १९:३९
कंचनपुरको पुर्नबासमा नेकपा विजयी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी  भएका हुन । तामाङका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे ।

यस्तै समाजवादी पार्टीका उम्मेदवार भीम तामाङले ७४ पाए  भने राप्रपाका पदम शाहीले  ७ मत प्राप्त गरेका हुन् । शनिवार भएको उपनिर्वाचनको मतदानमा ९ सय २४ मत खसेको थियो । उक्त वडामा खानेपानी मन्त्री बिना मगरले पनि मतदान गरेकी थिइन् ।

प्रकाशित : २०७६ मंसिर १४ गते १९:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI