बैज्ञानिकले बनाए यौन इच्छा जाग्ने बित्तिकै शरिरबाट आफै हट्ने कपडा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १५ गते १२:५८
बैज्ञानिकले बनाए यौन इच्छा जाग्ने बित्तिकै शरिरबाट आफै हट्ने कपडा

वैज्ञानिकहरुले यौन इच्छा जागृत हुँदा शरीरबाट आफै खुल्ने कपडा बनाएका छन् ।

चीनमा एउटा यस्तो प्रविधिको विकास गरिएको छ जसले मानिसमा यौन इच्छा जागृह भएको कपडा बाटै पत्ता लाग्छ ।

सामान्यतया यौनसम्पर्क गर्दा पुरुष र महिलाले आफ्नो लुगा खोल्छन् । पहिले स्पर्शको कार्य सुरु भएर त्यसपछि मात्रै शारीरिक सम्पर्कको लागि कपडा खोलिन्छ ।

तर, यो विज्ञान र प्रविधिको जमानामा प्रविधिसँगै वैज्ञानिकहरुले यौनसम्पर्क गर्न मन लाग्ने वित्तिकै आँफै खुल्ने कपडा समेत तयार पारेका छन् । उक्त कपडा मानिसमा यौन इच्छा जागृत हुने बित्तिकै आफै गायब हुनेछ ।

यो अनौँठो पहिरन नेदरल्याण्ड्स र चीनको फेशन्, आर्ट तथा आर्किटेक्चर क्षेत्रमा काम गर्ने कम्पनी स्टुडियो रुसेगार्देले बनाएको हो ।

कम्पनीले यो अनौठो डे«स इंटिमेसी २।० नामबाट एक फैशल प्रोजेक्ट अन्तर्गत तयार गरेको हो । यो पारदर्शी हुने ड्रेसलाई इंटिमेसी व्हाइट तथा इंटिमेसी ब्ल्याक दुई प्रकारमा तयार गरिएको छ ।

यो ड्रेसले मुटुको धड्कनअनुसार काम गर्ने गर्दछ । सेक्सका विषयमा जब मुटु धड्कन थाल्छ तब बडीबाट कपडा कायम हुनेछ ।

यो अनौँठो ड्रेस बनाउन इलेक्ट्रोनिक वायरिङ तथा एलइडीको प्रयोग गरिएको छ । कम्पनीका अनुसार यो ड्रेस कुनै पनि समारोहमा लगाउन सकिन्छ ।

प्रकाशित : २०७६ मंसिर १५ गते १२:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI