No ads found for this position

धरानमा काङ्ग्रेसलाई ७४५ को अग्रता

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १५ गते १७:०६
No ads found for this position
धरानमा काङ्ग्रेसलाई ७४५ को अग्रता
No ads found for this position

उपनिर्वाचन अन्तर्गत धरान उप-महानगरपालिकाको प्रमुख पदको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले आफ्नो अग्रता कायमै राखेका छन्।

बीस वटा वडा रहेको धरानमा वडा नम्बर १४ र १६ देखि वडा नम्बर २० सम्मको मतगणना सम्पन्न हुँदा कांग्रेस उम्मेदवार राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई ७४५ मतले पछि पारेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ७९१५ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले ७१७० मत प्राप्त गरेका छन्।

यसअघिको स्थानीय तहको निर्वाचनमा एमालेले जितेका वडामा समेत कांग्रेसले अग्रता बनाएको छ। अहिले धरानको वडा नम्बर १५ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।

प्रकाशित : २०७६ मंसिर १५ गते १७:०६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI