No ads found for this position

बलात्कार आरोपी सिद्ध बाबा अस्पताल बाटै पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते ७:३७
No ads found for this position
बलात्कार आरोपी सिद्ध बाबा अस्पताल बाटै पक्राउ
No ads found for this position

१६ मंसिर

बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो ।


डीएसपी विनोद शर्माले पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको बताए ।

बलात्कार आरोप लागेका गिरी हृदयघात भएको भन्दै आइतबार विराट नर्सिङ होममा भर्ना भएका थिए । विराट अस्पतालका चिकित्सक ज्ञानेन्द्र गिरीका अनुसार, उनलाई ‘माइनर हर्ट अट्याक’ भएको थियो । हेलचेक्रयाइँ गर्दा थप जटिलता आउने भएकाले उनलाई आईसीयूमा राखेर उपचार गरिएको र अहिले सुधार आएको चिकित्सक गिरीले बताए ।

पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको छ ।

प्रकाशित : २०७६ मंसिर १६ गते ७:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI