काठमाडौं : नेपालमा आइतबार देखि भव्यरूपमा सुरू भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन विभिन्न १२ खेलहरू हुदैँछन्।
सोमबार पुरुष फुटबल, तेक्वान्दो, गल्फ, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, प्याराग्लाइडिङ, टेबल टेनिस, कराते, टेनिस, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछन्। प्याराग्लाइडिङ, ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुनेछन्। भने पुरुष फुटबलमा आज दुई खेल काठमाडौंमा हुनेछन्।
जसमा पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्ने आयोजकले जनाएको छ।
यस्तै भलिबलमा महिला पुरूषका खेल पनि आजै हुनेछन्। कास्य पदकका लागि पुरूष तर्फ बंगलादेश र श्रीलंका भिड्नेछन् भने महिला तर्फ श्रीलंका र माल्दिभ्स भिड्नेछन्।
प्रकाशित : २०७६ मंसिर १६ गते १०:००
No ads found for this position
Facebook Comment