No ads found for this position

उपनिर्वाचनका केही रोचक तथ्यहरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते १३:१९
No ads found for this position
उपनिर्वाचनका केही रोचक तथ्यहरु
No ads found for this position

उपनिर्वाचनका केही रोचक तथ्य यस्ता छन् :

सर्वाधिक मत : धरान उपमहानगरपालिकामा प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका तिलक राईले ३३७ उम्मेदवार मध्ये सर्वाधिक मत ल्याए । उनले २६ हजार ७०९ मत प्राप्त गरे ।

सबैभन्दा कम मत : निर्वाचित ५२ मध्ये थवाङ गाउँपालिका–१ का वडाध्यक्ष जनकबहादुर बुढा मगर सबैभन्दा थोरै मत ल्याएर निर्वाचित भए । उनले कुल १७४ भोट पाए ।

सर्वाधिक मतान्तर : कास्की–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विद्या भट्टराई ८ हजार ४०३ मतान्तरले निर्वाचित भइन् । विद्याले २४ हजार ३९४ र उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका खेमराम पौडेलले १८ हजार ९९१ मत प्राप्त गरेका थिए ।

कम मतान्तर : धरान–७ को वडाध्यक्षमा जीवन सुवेदी एक मत अन्तरले विजयी भए । उनले ६२२ र कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरे । कांग्रेस पुनः मतगणनाको माग गर्‍यो । तर, सुबेदीकै जित सदर भयो ।

वडाध्यक्षमा बढी मत : वडाध्यक्षमा निर्वाचित ४३ जनामध्ये, भरतपुरमा महानगरपालिका–१६ बाट निर्वाचित नेपाली कांग्रेसका अमृतराज हमालले सर्वाधिक मत पाए । उनले तीन हजार १८३ मत ल्याएका थिए । यो मत मकालु गाउँपालिका अध्यक्ष र खर्पुनाथ गाउँपालिकाकी उपाध्यक्षले प्राप्त गरेको मतभन्दा बढी हो ।

खसेको कम मत (प्रतिशतमा) : रोल्पाको थवाङ–१ मा जम्मा १६.४ प्रतिशत मत खस्यो । यो वडामा १२७४ मध्ये जम्मा २०९ जनाले मताधिकार प्रयोग गरे । जस मध्ये ९ मत बदर भयो । नेकपाले १७४ र कांग्रेसले २६ भोट पायो ।

खसेको बढी मत (प्रतिशतमा) : बैतडीको खर्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ८५ प्रतिशतले मतदान गरे । ३ हजार ३८७ मध्ये २ हजार ८६९ जनाले मतदान गरेका थिए ।

बढी उमेरकी मतदाता : बैतडीको पुर्चौडी मावि मतदान केन्द्रमा ९९ वर्षीय विरुवा धानुकले मतदान गरिन् । निर्वाचन आयोगका अनुसार उनी सबैभन्दा बढी उमेरकी मतदाता हुन् ।

विजयी बागी : प्युठानको ऐरावती गाउँपालिका– २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भीमेशकुमार घर्ती मगर ८५५ मत ल्याएर निर्वाचित भए । उनले नेकपा–जनमोर्चा गठबन्धनका उम्मेदवार भक्तबहादुर विश्वकर्माविरुद्ध बागी उम्मेदवारी दिएका थिए । विश्वकर्माले ५०४ र कांग्रेसका भुपाल जीसीले ३५६ भोट पाए ।

शून्य मत : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नुर मोहम्मद मनिहार र १८ जना स्वतन्त्र उम्मेदवारले एक मत पनि ल्याउन सकेनन् ।

प्रकाशित : २०७६ मंसिर १६ गते १३:१९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI