सुर्यभक्त पतनादेवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते १४:२८
सुर्यभक्त पतनादेवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई

पुरस्कार वितरण गर्न देउवा कावासोती आउदै

नवलपुर, १६ मङ्सिर

नेपाल प्रेस युनियन पुर्वी नवलपरासी शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । युनियनको जिल्ला शाखाको आज सम्पन्न बैठकले उक्त पुरस्कार नेपाललाई प्रदान गर्ने निर्णय गरेको युनियनका जिल्ला सचिव एवं प्रवक्ता आशिष रेग्मीले बताएका छ्न । २५ हजार रुपैया पुरस्कार राशी ताम्रपत्र र दोसल्लाले पत्रकार नेपाल सम्मान गरिने रेग्मिले जानकारी दिए ।

पुरस्कार प्रदान एक भव्य समारोहका बिच यहि कार्तिक २० गते कावासोतीमा नेपाली काङ्ग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताईएको छ । देउवा संगै कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोईराला लगायतका केन्द्रिय नेता एवं प्रेस युनियनका केन्द्रिय पदाधिकारीको उपस्थिति रहने प्रेस युनियन नवलपुरका सभापती बिरेन्द्र पराजुलीले बताए ।
यस वर्षको पुरस्कार प्राप्त गर्ने वरिष्ठ पत्रकार नेपाल नेपाली पत्रकारिता जगतका रोल मोडलका रुपमा चिनिन्छ्न । साहित्य पत्रकारिता बाट पत्रकारिता सुरु गरेका नेपाल पन्चायतकाल बाट नै पत्रकारितामा होमिएका थिए । २०३३ साल बाट गोरखापत्रमा उपसम्पादक को काम गरेका नेपालले पछि २०३७ सालमा देशान्तर पत्रीका आफैले चलाउन सुरु गरेका थिए । गोरखापत्र , हिमालयन टाईम्स , कान्तिपुर नागरिक दैनिक जस्ता पत्रीकाको मुख्य जिम्मेवारीमा रहेर काम गरेका नेपाल पन्चायती कालमा राज्यसत्ताको विरोध गरेको अभियोगमा पाँच पटक गिरफ्तारीमा परेका थिए । नेपालले अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, ध्यानगोविन्द रञ्जित प्रकाशमान सिंह सँगै जेल जीवन बिताएका थिए । पत्रकारिता संग संगै नेपाली साहित्यमा पनि उनको प्रभाव राम्रो रहेको छ । उनको तीन वटा उपन्यास सहित आधा दर्जन साहित्यिक कृति बजारमा आएका छ्न ।


प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतना देवि अधिकारी को स्मृतिमा मृत्युपर्यन्त उनका छोरा काङ्ग्रेस नेता मदनभक्त अधिकारीले पुरस्कार स्थापना गरेका हुन् ।

प्रकाशित : २०७६ मंसिर १६ गते १४:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI