साग : नेपालको स्वर्ण संख्या ९ , हेर्नुस कुन खेलमा कसले जिते स्वर्ण
NAWALPUR TIMES प्रकाशित : २०७६ मंसिर १६ गते १५:२९
No ads found for this position
No ads found for this position
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले हालसम्म ९
वटा स्वर्ण पदक जितेको छ। नेपालले हालसम्म करांतेबाट ४ वटा, तेक्वान्दोबाट ४
वटा तथा ट्रायथोलनमा एउटा स्वर्ण जितेको हो।
सिना मादेन लिम्बी ( तेक्वान्दो )
तेक्वान्दोको पुम्से विधामा नेपालकि सिना मादेन लिम्बुले स्वर्ण पदक
जित्दै स्वर्ण संख्या पांच पुर्याएकी हुन्। उनले १८ देखि २३ वर्षको
प्रतिस्पर्धामा सफलता हात पारेकी हुन्।
Sina Maden Limbu
कमल श्रेष्ठ ( तेक्वान्दो )
तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल
श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि
पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले
कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाए।
Sonika Gurung
सोनीका गुरुङ ( ट्रायथोलन )
पोखरामा विहान सम्पन्न खेलको ईलाईट स्प्रीन्टमा उनले स्वर्ण जितेकी
थिईन्। ट्रायथोलनको क्रममा पौडीमा तेश्रो, साइक्लिंगमा दोश्रो स्थान हाँसिल
गर्दा अन्तिमको दौडमा सोनीले पहिलो स्थान हात पारेकी थिईन्। यो विधामा रजत
र कास्य पदक भने भारतले जित्यो।
मन्डेकाजि श्रेष्ठ ( कराते )
मन्डेकाजि श्रेष्ठले करातेमा स्वर्ण जित्दै नेपाललाई पहिलो स्वर्ण
दिलाएका थिए। उनले व्यक्तिगत पुरुष एकल कातामा स्वर्ण दिलाएका थिए।
यसक्रममा उनले पाकिस्तानका नियमातुल्लाहलाई पराजित गरेका थिए।
Monday Kaji Shresetha
मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांग ( कराते )
यस्तै नेपालले कराते पुरुष कातामा पनि स्वर्ण जितेको छ। मान्डेकाजि
श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांगको टिमले स्वर्ण दिलाएका हुन्।
लक्ष्मण तामांग ( कराते )
करातेकै पुरुष कुमुते विधामा नेपालका लक्ष्मण तामांगले स्वर्ण दिलाएका
छन्। उनले ५५ केजी तौल समुहमा स्वर्ण जित्ने क्रममा बंगलादेश खेलाडी
मस्तोफालाई १-० ले पराजित गरे।
निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्ल ( कराते )
करातेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो। निर्मला तामाङ, सरु
कार्की र रञ्जिता मल्लको टिमले २४.८८ स्कोर सहित सफलता हाँसिल गरेको थियो।
नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गर्यो।
पार्वती गुरुङ ( तेक्वान्दो )
तेक्वान्दोको पुम्से महिला विधामा २३ देखि २९ वर्षको विधामा पार्वती
गुरुङले स्वर्ण जितेकी हुन्। उनले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी
८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन्।
Ayesha Shakya
आयशा शाक्य ( तेक्वान्दो )
तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण जितेकी हुन्। ३० वर्ष माथिको
उमेर समुहमा प्रतिस्पर्धा गर्ने क्रममा उनले भारतीय खेलाडीलाई पछि पारिन्।
Facebook Comment