No ads found for this position

बंगलादेशमाथि भुटानको ऐतिहासिक जित

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते १५:३२
No ads found for this position
बंगलादेशमाथि भुटानको ऐतिहासिक जित
No ads found for this position

काठमाडौँ : १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा भुटानले बंगादेशमाथि ऐतिहासिक जित निकालेको छ । सोमबार दशरथ रंगशालमा भएको खेलमा भुटानले बंगलादेशमाथि १–० गोल अन्तरको जित निकालेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी सकिएको खेलमा भुटानले दोस्रो हाफको ६४औँ मिनेटमा गोल गरेको हो । 

दोस्रो हाफमा भुटानले बंगलादेशमाथि दबाब कायम ग¥यो । उसले लगातार पोस्ट अट्याकिङ खेलेको थियो । तर गोल भने थप्न सकेन ।

ब‌ंगलादेशले इन्जुरी टाइममा पाएको सुनाैलाे अवसरलाई गाेलमा परिणत गर्न चुक्दा भुटानसँग हार्न पुग्याे। 

यसअघि भुटानले बंगलादेशमाथि एक पटक जित निकालेको छ । सन् २०१६ मा भएको एएफसी एसिया कपमा उसले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यसभन्दा अघि र पछि भएका खेलमा भने भुटानले जित निकाल्न सकेको थिएन ।

यसै वर्ष अक्टोबरमा भएको भएको मैत्रीपूर्ण खेलमा भने भुटान २–० ले पराजित भएको थियो ।

#SAG-2019
 

प्रकाशित : २०७६ मंसिर १६ गते १५:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI