लोकसेवा बिशेष महत्वपूर्ण 30 बस्तुगत प्रश्नोत्तर

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १५:२४

1. मन्त्रीपरिषदको २०७४ बैशाख २१ गतेको निर्णय अनुसार काठमाडौं-तराई द्रुतमार्ग निर्माणको जिम्मा कसलाई दिइने भएको छ?
– नेपाली सेना
2. मन्त्रिपरिषद बैठकद्वारा फास्ट ट्रयाक–निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिँदै त्यसको कार्यविधि पेस गर्न भनिएको ।
७६ किलोमिटर दरी रहेको फास्ट ट्रयाकको उपत्यकाभित्र १२ किलोमिटर पर्ने। उपत्यका भित्रको बाहेक अरु ट्रयाक नेपाली सेनाले २०६९ सालमै सम्पन्न गरेको।

3. वि.सं. २०७४ बैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले वाङ्मय शताब्दी पुरुषको सम्मान कसलाई प्रदान गर्ने निर्णय गर्‍यो?
– साहित्यकार एवम् संस्कृतिविद सत्यममोहन जोशी

4. ‘दीनहीन जीवन कायरले मात्र जिउने गर्छ, के तपाई कायर हो ?’ भन्ने बिचारक को हुन् ?
– माइकल फराडे

5. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICT Day) कहिले मनाउने गरिन्छ ?
– मे २

6. संसारकै सबै भन्दा बढी उमेरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसहित गएका नेपाली आरोही ८६ वर्षीय मीनबहादुर शेरचनको निधन कहिले भएको हो ?
– वि.सं. २०७४ बैशाख २३
(शेरचनको सगरमाथा आधार शिविरमा हृदयघातका कारण निधन भएको अनुमान गरिएको । शेरचनले यसअघि ७६ वर्षको उमेरका आरोहीको कीर्तिमान कायम गरेका थिए । उनको रेकर्डलाई जापानका ८० वर्षीय आरोही युचिरो मिउराले तोडेका)

7. औपन्यासिक कृति ‘हरिबहादुर’का सर्जक को हुन् ?
– ख्यातिप्राप्त हास्य कलाकार हरिवंश आचार्य
(यसअघि आचार्यले आत्मकथा ‘चिना हराएको मान्छे’ लेखेका ।)

8. ‘टेलिकम एसिया अवार्ड–२०१७’ बाट सम्मानित हुने कम्पनी कुन हो ?
– एनसेल
(बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सौर्य लघुग्रिड सञ्चालकसँग सहकार्य गर्दै स्थानीयवासीलाई सञ्चार तथा ऊर्जा सेवा पुर्याउन गरेको प्रयासका लागि टेलिकम एसियाले सो अवार्ड प्रदान गरेको।)

9. अन्तराष्ट्रिय समुदायलाई नेपालको आर्थिक विकासका एजेन्डाबारे जानकारी गराउँदै नेपालमा विदेशको लगानी भित्र्याउने उद्देश्यका साथ भारतको नयाँदिल्लीमा अन्तराष्ट्रिय कार्यैशाला कहिले सम्पन्न भयो ?
– वि.सं. २०७४ बैशाख २२–२३ (सन् २०१७ मे ५–६)
(कुटनीतिक सम्बन्ध कायम भएका मुलुकसँग नेपालको आर्थिक कूटनीति प्रवद्र्धन विषयक दुईदिने कार्यशालामा राष्ट्रिय-अन्तराष्ट्रिय अर्थविद्सहित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूत सहभागी भएका । नेपालका लागि गैरआवासीय राजदूत नियुक्त भएका धेरै मुलुकका प्रतिनिधिले भारतबाट नेपाल नियाल्ने भएकाले उनीहरुलाई नेपालको सम्भावनाबारे जानकारी गराउने लक्ष्यका साथ सो कार्यक्रमको तर्जुमा गरिएको ।)

10. सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड कहिलेदेखि पुनः सञ्चालनमा आएको हो ?
– बि.सं. २०७४ बैशाख २४
• वि.सं. २०६६ देखि बन्द रहेको यो उद्योग आठ बर्षपछि पुनः सञ्चालनमा आएको । उद्योगमन्त्री नवीन्द्रराज जोशीद्वारा बैशाख २४ मा उद्योग पुनः सञ्चालनको शुभारम्भ भएको ।
• यस उद्योगबाट असोजसम्म १४ वटा तथा २०७५ बैशाखसम्म ४२ वटा एम् २०७६ वैशाखसम्म् एन्टिभेनस र एन्टिरेविज जस्ता महँगा औषधि उत्पादन गर्ने लक्ष्य राखिएको ।

11. वि.सं. २०७४ मा प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को–को हुन् ?
– कारोबार दैनिकका गजेन्द्र बुढाथोकी (उदयपुर) बाँकेका सिराजुद्दीन खान, मोरङका शिवबहादुर कार्की र चितवनका गणशेखर शर्मा
(यसैगरी बरिष्ठ पत्रकारिता सम्मानबाट मदनमणि दीक्षित (काठमाडौँ), नारायणप्रसाद शर्मा (दाङ), कृष्णा ताम्राकार (काठमाडौँ) र विश्ववन्धु भण्डारी (तनहुँ) सम्मानित भएका । सम्मानको राशि जनही दुई लाख रहेको)

12. बरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन कहिले भयो ?
– वि.सं. २०७४ बैशाख २४

13. गोरखापत्रको प्रकाशन कहिलेदखि सुरु भएको हो ?
– वि.सं. १९५८ बैशाख २४
(सुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र वि.सं. २००० असोज २९ देखि हप्तामा २ पटक, वि.सं. २००३ पुस ८ देखि हप्तामा ३ पटक र वि.सं. २०१७ फाल्गुन ७ देखि दैनिक रुपमा प्रकाशन गर्न थालिएको ।)

14. केन्द्रिय बैङ्कका रुपमा नेपाल राष्ट्र बैङ्कको स्थापना कहिले भएको हो ?
– वि.सं. २०१३ बैशाख १४

15. भन्सार विभागले बैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि सुरु गर्ने निर्णय गरेको हो ?
– वि.सं. २०७४ साउन १
(वैदेशिक व्यापारलाई प्रवद्र्धन गरी निकासी पैठारी कार्यलाई पारदर्शी, व्यवस्थित र सरलीकृत बनाई व्यावसायिक कारोबारमा प्रयोग हुने कागजातको सङ्ख्या घटाउने उद्देश्यले सङ्केत नम्बर लागू गर्न लागिएको भन्सार विभागले जनाएको ।)

16. चलचित्र पत्रकारिता सम्मान–२०७४ बाट सम्मानित हुने सञ्चारकर्मी को हुन् ?
– सञ्चारकर्मी डा. नवराज लम्साल
(यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार पारस पौडेल र विजय आवाज एवम् चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार स्वेच्छा राउतलाई प्रदान गर्ने निर्णय गरिएको ।)

17. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?
– प्रकाशको आवर्तन
(फरक माध्यममा प्रकाशको गति फरक–फरक हुने भएकाले प्रकाशको आवर्तन हुन्छ ।)

18. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
– प्रकाश विच्छेदन

19. प्रति सेकेन्डमा उत्पन्न हुने जम्मा तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?
– आवृत्ति (Frequnecncy)

20. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
– शुक्ल पक्ष (Bright Half)
(पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्ण पक्ष (Dark Half) भनिन्छ । शुक्ल पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्ण पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ।)

21. नेपालमा कानुन दिवस कहिले मनाइन्छ ?
– बैशाख २६

22. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
– नेन्सस गोश्वारा
• नेपालमा जनगणना वि.सं. १९६८ देखि सुरु भएको ।
• नेपालमा चौथो जनगणना (वि.सं. १९९८) सम्म ज्भबम ऋयगलत का रुपमा गणना गर्ने गरिएकोमा पाँचौँ (२००९ र ११) बाट वैज्ञानिक गणना सुरु गरिएको ।
• नेपालमा सुरुवाती चरणमा सेन्सस गोश्वाराले जनगणना लिने गरेकोमा वि.सं. २०१८ बाट केन्द्रिय तथ्याङ्क विभागले लिँदै आएको ।
• वि.सं. २०२८ बाट जनगणनामा कम्प्युटरको प्रयोग भएको

23. कुन–कुन जनगणनामा नेपालको जनसङ्ख्या वृद्विदर ऋणात्मक थियो ?
– तेस्रो र चौथो
(सबैभन्दा उच्च वृद्धिदर वि.सं. २०३८ को जनगणनामा रहेको ।)

24. २०३८ सालको जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर कति थियो ?
– २.६२ प्रतिशत

25. भक्तपुरमा निर्माण गर्न थालिएको चिडियाखानको शिलान्यास कहिले भएको हो ?
– वि.सं. २०७३ असार ९

26. नेपालमा क्षेतिपूर्ति सहितको नागरिक वडापत्र कहिलेदखि लागू भएको हो ?
– वि.सं. २०७० बैशाख २ गते

27. एसियाली विकास बैङ्क (Asian Development Bank) को स्थापना कहिले भएको हो ?
– सन् १९६६ डिसेम्बर १९
• एडीबीमा सुरुमा ३१ राष्ट्र संलग्न रहेकोमा हाल एसियाका ४८ र अन्य १९ गरी ६७ राष्ट्र सदस्य रहेका ।
• इसको प्रधान कार्यालय फिलिपिन्सको मानिलामा रहेको ।
• सन् २०१५ को सुरुमा एडीबीमा जापानको १५.७ प्रतिशत, अमेरिकाको १५.६ प्रतिशत, चीनको ६.५ प्रतिशत, भारतको ६.५ प्रतिशत तथा अस्ट्रेलियाको ५.८ प्रतिशत लगानी रहेको ।

28. अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
– युरी गगरिन (रुस), सन् १९६१

29.पृथ्वीबाट अन्तरिक्षमा पठाएको पहिलो प्राणी कुन हो ?
– लाइका नामक कुकुर (सन् १९५७)

30. चन्द्रमामा सर्वप्रथम पाइला राख्ने व्यक्ति को हुन् ?
– अमेरिकाका निल आर्मस्ट्रङ (सन् १९६९)

संकलक – प्रकाश भण्डारी “बिवेक”

स्रोत- प्रशासन

प्रकाशित : २०७६ मंसिर १७ गते १५:२४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI