साग क्रिकेट : नेपाल श्रीलंका सँग ६ विकेटले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १५:००
साग क्रिकेट : नेपाल श्रीलंका सँग ६ विकेटले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपाली क्रिकेट टिम श्रीलंका अन्डर-२३ टिमसंग पराजित भएको छ।

खेलमा नेपालले पहिले ब्याटिंग गर्दै दिएको १७३ रनको लक्ष्य श्रीलंका यु-२३ ले ४ विकेट गुमाएर १९.१ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले पहिलो ३ विकेट ४९ रनमा गुमाएको थियो। आक्रामक ब्याटिंग गरेका ओपनर पाथुम निस्संका ३० रन बनाएर सोमपाल कामिबाट आउट भए पछि लगातार विकेट गुम्यो। उनले १२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यसपछि कामिन्दु मेन्डिस १ रन, चरिथ असलंका ६ रन बनाएर आउट भए। मेन्डिसलाई पवन सर्राफले तथा असलंकालाई सुशन भारिले आउट गरे।

तेश्रो विकेटको लागि निशान फर्नान्डो र शम्मु अशानले ९१ रनको साझेदारी गर्दै श्रीलंकालाई बलियो स्थितिमा पुर्याए। ४२ बलमा ५ चौका र १ छक्का मदतले ४६ रन बनाएका फर्नान्डोलाई पवन सर्राफले १७ औं ओभरमा क्याच आउट गराउदै नेपाललाई खेलमा फर्काए।

तर त्यसपछि पनि अशानले एक किनारमा इनिंगलाई जारि राखे र टिमआई जित दिलाए। उत्कृस्ट इनिंग खेलेका अशानले अविजित ७२ रन बनाए जुन क्रममा ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अशेन बान्डाराले अविजित १४ रन बनाए जुन क्रममा ८ बलमा १ चौका र १ छक्का प्रहार गरे।

नेपालको बलिंगमा पवन सर्राफले सर्वाधिक २ विकेट लिए। सोमपाल कामि र सुशन भारिले १/१ विकेट लिए। महँगो सावित भएका अविनाश बोहराले ३.१ ओभरमा ३७ रन खर्चिए। यस्तै करन केसीले ४ ओभरमा ३६ रन खर्चिए।

ऐरीको उत्कृस्ट इनिंग 

यस अघि खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रनको योगफल तयार गरेको थियो।

नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। अविजित इनिंग खेल्ने क्रममा उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए।

Dipendra Airee

नेपालको सुरुवात राम्रो हुन सकेको थिएन। १ रन बनाएका पारस खड्का दोश्रो ओभरमा कभिस्का अन्जुलाबाट विकेटकिपरबाट क्याच आउट भए। त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए।

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरे पछि बिनोद २१ रन बनाएर कामिन्दु मेन्डीसले बोल्ड गरे। पाँचौ विकेटका लागि दिपेन्द्रले पवनसंग ६२ रनको साझेदारी गरे।

श्रीलंकाको बलिंगमा कामिन्दु मेन्डिसले २ ( ४-०-३४-२ ) लिए। असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १/१ विकेट लिए।

प्रकाशित : २०७६ मंसिर १७ गते १५:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI