साग महिला भलिबलमा नेपाललाई रजत पदक, रोमान्चक फाइनलमा भारतको जित
NAWALPUR TIMES प्रकाशित : २०७६ मंसिर १७ गते १८:४३
No ads found for this position
No ads found for this position
१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलको फाइनलमा नेपाल भारतसंग पराजित भएको छ।
पराजित भएसंगै नेपालले रजत पदकमा चित्त बुझाउनु पर्ने भएको छ। भारतले स्वर्ण पदक जित्न सफल भयो।
साग इतिहासमै नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको थियो। नेपालले यस अघि कास्य पदक मात्र जित्न सकेको थियो। रजत पदक जित्नु नेपालको अहिलेसम्मकै ठुलो सफलता हो।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा अत्यन्त रोमान्चक रहेको फाइनल खेलमा भारत ३-२ को सेटमा विजयी भएको हो।
खेलमा पहिलो सेट २५-१७ ले भारतले जितेपछि नेपालले शानदार पुनरागमन गर्दै दोश्रो र तेश्रो सेट जित्न सफल भएको थियो। दोश्रो सेट नेपालले २५-२४ ले तथा तेश्रो सेट २५-२१ ले जित्यो। चौथो सेट सुरुवातमा प्रतिस्पर्धात्मक रहेता पनि भारतले २५-२० ले जित्यो।
पाँचौ सेटमा भने नेपालको प्रदर्शन उत्कृस्ट रहन सकेन र सुरुवात देखि आक्रामक खेल खेल्दै भारतले दबाब बनायो। अन्तिम सेटमा भारत १५-६ ले विजयी भयो।
महिला भलिबल अन्तर्गत समुह चरणको खेलमा नेपाललाई भारतले ३-० को सोझो सेटमा पराजित गरेको थियो। भारत २६-२४ , २५-१२ र २५-१६ ले विजयी भएको थियो।
नेपालले सेमीफाइनलमा श्रीलंकालाई २५-१४, २५-१८ र २५-२१ ले पराजित गरेको थियो। भारतले माल्दिभ्सलाई २५-१४, २५-६ र २५-१७ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।
Facebook Comment