No ads found for this position

जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते १०:१३
No ads found for this position
No ads found for this position

कावासोती, मङ्सिर १८ गते । 

न्याय परिषद्ले जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस गरेको छ। मङ्गलबारको बैठकले न्यायाधीश सिफारिस गरेको हो। परिषद्को निर्णयअनुसार पाँच न्यायाधीशको सरुवा भएको छ।
निर्णयअनुसार उच्च अदालत तुलसीपुर इजलासमा कार्यरत रजिष्ट्रार गेहेन्द्रराज पन्त जिल्ला अदालत भोजपुरको न्यायाधीशमा सिफारिस हुनुभएको छ। यस्तै सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रुकुम जिल्ला अदालतमा सिफारिस हुनुभएको छ। यस्तै सर्वोच्चकै उपरजिष्ट्रार महेन्द्रराज काफ्ले जिल्ला अदालत सोलुखुम्बुको न्यायाधीशमा सिफारिस हुनुभएको छ।
उच्च अदालत महेन्द्रनगर इजालासमा कार्यरत रजिष्ट्रार टेकराज जोशी डोल्पा जिल्ला अदालतमा सिफारिस हुनुभएको छ । सर्वोच्चकै उपरजिष्ट्रार इन्दिरा शर्मा जिल्ला अदालत झापाको न्यायाधीशमा सिफारिस हुनुभएको छ। सर्वोच्चमै कार्यरत मनकुमारी जिएम (वि.क) बाँके जिल्ला अदालतको न्यायाधीशमा र उपरजिष्ट्रार रीताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतको न्यायाधीशमा सिफारिस हुनुभएको छ।
निर्णयअनुसार जिल्ला अदालत भोजपुरमा कार्यरत खिलनाथ रेग्मीको बारा जिल्ला अदालतमा सरुवा भएको छ। यस्तै सोलुखुम्बुका अमृतबहादुर बस्नेतको झापा, नवलपुर जिल्ला अदालतका अम्बिकाप्रसाद निरौलाको काठमाडौँ जिल्ला अदालतमा सरुवा भएको छ। निर्णयअनुसार जिल्ला अदालत दोलखाका तेजबहादुर खड्काको मोरङ जिल्ला अदालत र रुकुमका आत्मदेव जोशीको धादिङ जिल्ला अदालतमा सरुवा भएको छ।

स्रोत- गोरखापत्र

प्रकाशित : २०७६ मंसिर १८ गते १०:१३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI