ललितपुर महानगरपालिकामा अपांग मैत्री लिफ्ट : अपांगता भएकालाई मेयरको कार्यकक्षमा सहज पहुच

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते १२:३२
ललितपुर महानगरपालिकामा अपांग मैत्री लिफ्ट : अपांगता भएकालाई मेयरको कार्यकक्षमा सहज पहुच

ललितपुर । ललितपुर महानगरपालिकाले २८ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्ग मैत्री लिफ्टको उद्घाटन गरेको छ ।

अपाङ्ग मैत्री लिफ्टको उद्घाटन पश्चात महानगर प्रमुख चिरिबाबु महर्जले अपाङ्गता भएका व्यक्तिहरुलाई आफ्नो कार्य कक्षमा लगे ।

उनले आफ्नो कार्यकक्षमा लगेर अपाङ्ता भएका व्यक्तिहरुलाई स्वागत गरे र सबैलाई चिया खुवाए । आफ्नो कार्यकक्षमा आएका पाहुनाहरुलाई चिया खुवाउदै उनले आफूले गरेको वाचा पूरा भएकोमा धेरै खुसी लागेको बताए ।

माहानगर परिसरमा अधिकांश अपाङ्गता भएका मानिस जम्मा भएका थिए । तर उनले तेस्रो तलामा रहेको आफ्नो कार्यकक्षमा प्रतिनिधिमुलक रुपमा केही अपाङ्गता भएका व्यक्ति लगेका थिए ।

महानगर प्रमुख महर्जनले आफूले निर्वाचन हुनेवित्तिकै महानगरको कार्यलयलाई अपाङ्गमैत्री बनाउने वाचा गरेका थिए । उनले भन, ‘अब कुनै पनि अपाङ्गता भएका मानिस मेरो कार्यकक्षमा सजिलै आउन सक्छन्, आफ्नो कुरा ढुक्कले राख्न पाउँछन् ।’

अपाङ्गता भएका भोजराज श्रेष्ठले आफूहरु तीन तला माथि रहेको मेयरका कार्यलयमा आउन पाउँदा धेरै खुशी लागेको बताए । उनले भने, ‘मेयरले हामीसँग गरेको प्रतिबद्धता पूरा गरेकोमा धेरै धेरै धन्यवाद ।’ कार्यक्रममा उपस्थित व्यक्तिहरुको अनुहारमा छुट्टै खालको उल्लास छाएको थियो । त्यही क्रममा भोज राजले भने, ‘हामीले ३० बर्ष देखि उठाएको माग आज पूरा भएको छ ।’

महानगर प्रमुख महर्जन र अपाङ्गता भएका मानिसहरुबीच कुराकानी चलिरहँदा उपप्रमुख गीता सत्याल भने अन्जना लामालाई चिया खुवाउन व्यस्त थिइन् । पहिलो पटक तीन तला माथि रहेको कार्यलय प्रमुखको कार्यकक्षमा आउन पाउँदा उनी पनि दङ्ग थिइन् ।

राम्रोसँग हिड्न, बोल्न नसक्ने उनी आफै चिया पिउन खोज्दै थिइन् । उप प्रमुख सत्यालले उनलाई सहज रुपमा चिया पिउनको लागि सहयोग गरिन् । 

महानगर प्रमुखको कार्यकक्षमा आएका उनीहरुले ट्वाइलेट पनि अपाङ्ग मैत्री बनाइ दिन आग्रह गरे । उनीहरुले आफूहरुको मुख्य समस्या ट्वाइलेट भएको जानकारी गराए ।

अपाङ्ग मैत्री लिफ्ट अरु लिफ्ट भन्दा फरक रहेको इन्जिनियर श्री महर्जनले बताए । उनले यो लिफ्टमा अटो सेन्सर रहेको र एक तर्फबाट पस्ने र अर्को तर्फबाट निस्कने सिस्टम रहेको बताए ।

प्रकाशित : २०७६ मंसिर १८ गते १२:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI